जब बाटैले बाटो छेक्छन्…

काठमाडौ । अपाङ्ग महिला संघकी सदस्यसमेत रहेकी दृष्टिविहीन सरिता लामिछाने उदास छिन्, कम्तीमा सरकारी भवन र शैक्षिक संस्थाहरू मात्रै अपाङ्गमैत्री भइदिए कति सहज हुन्थ्यो ।

ह्विलचेयरमा कलेज जाँदै खोटाङकी रजनी राई (बायाँ) र ह्विलचेयरमै कैलालीकी जेनिशा कडायत ।

‘दृष्टिविहीन, ह्विलचेयर युजर, कान नसुन्ने सबै किसिमका अपाङ्गता भएकालाई काम गरेर खान गाह्रो छ । अव्यवस्थित संरचनाले झनै पिरोलिने अवस्था छ,’ उनले दुखेसो पोखिन्, ‘अपाङ्गता भएका मान्छेहरू फेरि सबलाङ्ग बन्न नसक्लान्, तर सबलाङ्गहरू जुनसुकै बेला दुर्घटनामा परी अपाङ्ग बन्न सक्छन् । त्यसैले अपाङ्गमैत्री संरचना बनाउनुपर्छ ।’

सहरका संरचना, बाटोघाटो र भवन बनाउने मानिसले लामिछानेले जसरी सोच्दैनन् । नयाँ बनिरहेका संरचनामा समेत ह्विलचेयर प्रयोगकर्तालाई ध्यान दिइँदैन । फरक क्षमता भएका मानिसको समस्या र आवश्यकतालाई ध्यान दिएर बाटोघाटो र संरचना नबनाइँदा थाहै नपाई अपाङ्गता भएका युवाहरू अवसरबाट वञ्चित भइरहेका छन् ।

कैलालीकी २१ वर्षीया जेनिशा कडायत नारायणटारको एक कलेजमा प्लस–टु पढ्छिन् । उनको दिनचर्या अन्य विद्यार्थीको जस्तै सामान्य छ, कलेज जाने, पढ्ने, घर फर्किएर कलेजका टास्क गर्ने ।

तर जब बाटोको कुरा आउँछ उनी अरूभन्दा फरक छिन् । १७ वर्षकै उमेरमा ढलेको रूखले किचेर ढाडमा चोट लाग्यो । समयमा उपचार भएन । धनगढीबाट भेरी अञ्चल अस्पताल हुँदै, टिचिङ भएर अन्त्यमा किस्टमा शल्यक्रिया त भयो तर खुट्टा टेकेर हिँड्न नमिल्ने भयो । उपचारमा १० लाख जति खर्च भयो । उनी ह्विलचेयर प्रयोगकर्ता भइन् । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..