फेसबुकमाथि फेरि लाग्यो यस्तो आरोप, यस्तो छ फेसबुकको प्रतिक्रिया

न्युयोर्क । फेसबुकका लागि समस्या अझै थामिएको छैन । अमेरिका र बेलायती समाचारपत्रमा क्याम्ब्रिज एनालिटिका स्क्यान्डलमा माफी मागेपछि सामाजिक सञ्जाल साइट अब एन्ड्रोयड उपकरणहरुबाट फोन नम्बर र टेक्स्ट म्यासेज हासिल गरेको आरोप लागेको छ।

बेभसाइट ‘आरस टेक्निक’का समाचारअनुसार फेसबुकद्वारा संकलन गरिएको डाटा हेर्दा प्रयोगकर्ताको त्यसमा उनीहरुको पूरानो कन्ट्याक्ट, टेलिफोन नम्बर, अल अवधि र टेक्स्ट म्यासेज भेटिएको छ। फेसबुकले भने यो जानकारी सर्भरलाई सुरक्षित राख्न अपलोड गरिएको र यो केवल तीनै युजरको हो जसले फेसबुकलाई अनुमति दिएको छ।

प्रवक्ताले बताएका छन् कि यो डाटालाई प्रयोगकर्ता वा कुनै बाहिरी पक्षलाई न त बेचिएको छ न त बाँडिएको नै छ। कम्पनीले भनेको छ कि उसले टेक्स्ट म्यासेज वा कलसँग सम्बन्धित जानकारी एकत्रित गरेको छैन ।

प्रवक्ताले भनेको छन् कि फेसबुक म्यासेजमा कन्ट्याक्ट्सका लागि र कल गर्न सुझाव दिनका लागि यो जानकारी प्रयोग गरिएको छ। यसो त्यसलाई खोज्न सजिलो होस भनेर गरिएको फेसबुकको दावी छ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..