तपाईलाई थाहा छ, समय कहिले छिटो र कहिले ढिलो चल्छ ? यस्तो छ कारण

तपाई गर्मी महिनामा विदा मनाउन कुनै सुन्दर पहाडी क्षेत्रमा जान लाग्नु भएको छ, तर तपाई हैरान हुनुहुन्छ समय बितिरहेको छैन । जाने दिन छिट्टै आए हुन्थ्यो जस्तो तपाईमा छटपटी छ।

तपाई भोलि आफ्नी प्रेमिकालाई भेट्न जांदै हुनुहुन्छ तर एक एक पल एक वर्षझै लागिरहेछ ।

अब दोस्रो पक्षतिर ध्यान दिनुस् । तपाईलाई आफ्नो हाकिमले एउटा यस्तो विषयमा प्रेजेन्टेशन बनाउन भनेका छन् कि तपाईले त्यो राम्रोसंग बुझ्नु नै भएको छैन । तपाईमा तनाव बढिरहेको छ, किनभने समय निकै कम छ।

तपाई विज्ञानको परीक्षाको तयारीमा हुनुहुन्छ । यतिबेला तपाई हैरान हुनुहुन्छ किनभने तपाईको तयारी पुरा भएको छैन तर समय यसरी वितिरहेको छ कि तपाईले केही गर्नै सक्नु भएको छैन । त्यसो भए यो सब किन हुन्छ त?

स्पष्ट छ, समय चांडो र ढिलो हुंदैन । समय आफ्नै नियमअनुसार नै चलिरहेको हुन्छ । त्यसो भए हामीलाई किन कहिले छिटो चलेजस्तो र कहिले निकै ढिलो चलेजस्तो किन लाग्छ त ?

पेरिस स्कल अफ इकोनोमिक्सका शोधकर्ताहरुले यसको जवाफ पत्ता लगाएका छन्। शोधकर्ताहरुकाअनुसार यो सब हाम्रो दिभाग र भावनामा निहीत हुने गर्दछ । जब हामी कुनै क्षण कसैको तिब्र प्रतिक्षामा हुन्छौ त्यतिबेला क्षण निकै ढिलो आएको अनुभव गर्दछौ । जबकी यदि हामी कुनै अप्ठ्यारो क्षणको सामना गरिरहेका छौ भने समय निकै छिटो वितेको महशुस हुन्छ ।

अधिरता र उत्तेजना यसको मुल कारण

जब हामी कुनै वाञ्छित क्षणको प्रतिक्षा गर्दछौ तब हामीमा अधिरता सिर्जना हुने गर्दछ । त्यसैगरी अवाञ्छित क्षणको प्रतिक्षाले हामीमा उत्तेजना उत्पन्न गराउदछ। वाञ्छित क्षणको प्रतिक्षा गर्ने बेला हामी हरपल त्यही क्षणको बारेमा सोचिरहन्छौ। पटक पटक घडी हेर्दछौ ।

यसबाट हामीलाई समय ढिलो चलेको अनुभूत हुने गर्दछ। हामीलाई लाग्छ, घडीको सुई स्थिर भएको छ र समय रोकिएको छ।

तर अवाञ्छित क्षणको प्रतिक्षा गर्दा हामी त्यो क्षणलाई दिमागबाट निकाल्ने हर सम्भव प्रयास गर्दछौ । हामी त्यस क्षणका बारेमा सोच्नसमेत चाहन्नौ । र, यही कारणले हाम्रो ध्यान समयमा केन्द्रीत हुने गर्दैन । र, निकैपछि जब समय निकै वितिसकेका बेला हामी त्यता ध्यान दिन्छौ । त्यसैले समय वितेको पत्तै हुन्न । त्यसैले समय छिटो हिडेझै लाग्छ ।

यो सब हाम्रो भावनामा निर्भर रहने गर्दछ । यो शोध फिलोसोफिकल टन्सेक्सन अफ रोयल सोसाइटी नामक जर्नलमा प्रकाशित छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..