आपत्तिजनक तस्वीर भाइरल बनाइदिने धम्की दिदै विवाहित युवतीमाथि पटक-पटक बलात्कार

आपत्तिजनक तस्वीर भाइरल बनाइदिने धम्की दिदै विवाहित युवतीमाथि पटक-पटक बलात्कार 1

विराटनगर । आपत्तिजनक तस्वीर भाइरल बनाइदिने धम्की दिदै विवाहित युवतीमाथि पटक पटक बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन्।

बलात्कारको अभियोगमा पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्य पक्राउ परेका हुन्। तीन महिनादेखि विभिन्न खाले डर देखाएर ब्ल्याकमेल गर्दै बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि घटनाको अनुसन्धानका लागि आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीकाअनुसार प्रारम्भिक अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ।

प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ब्ल्याकमेल गरेको पुष्टि भएको छ। ब्ल्याकमेल गरिएका धेरै प्रमाण प्रहरीले फेला पारेको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने क्रममा युवाले ब्ल्याकमेल गरेको खुल्न आएको छ।

मसँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि त्यसो नगर्ने भए मैले भनेको मान्नुपर्छ भन्दै युवाले युवतीसँग ब्ल्याकमेल गरेको खुलेको छ। पटक पटक बलात्कार भएपछि युवती प्रहरीको शरणमा पुगेकी थिइन्।

Loading...

One thought on “आपत्तिजनक तस्वीर भाइरल बनाइदिने धम्की दिदै विवाहित युवतीमाथि पटक-पटक बलात्कार

Comments are closed.

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..