
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका पूर्व जासुसमाथि केमिकल आक्रमण गरेको विषयमा ६० जना रुसी कुटनीतिज्ञहरुलाई निश्कासित गर्ने आदेश दिएका छन् ।
उता जर्मनीको विदेश मन्त्रालयले पनि चार जना रुसी कुटनीतिज्ञलाई निश्काशन गर्ने पुष्टि गरेको छ। यो विषयमा अन्य युरोपियन देशहरुले पनि रुसी कुटनीतिज्ञहरुमाथि कारबाहीको कुरा गरेका छन्।
युरोपियन युनियनका नेता गत साता यो कुरामा सहमत भएका थिए कि दक्षिण इंग्ल्याण्डमा पूर्व जासुस सर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि नर्व एजेन्टबाट आक्रमण हुनुमा रुसको हात थियो ।
यद्यपि रुसले यी आरोपहरुको खण्डन गरेको छ।समाचार एजेन्सी रोयटर्सअनुसार अमेरिकाको सियाटलस्थित रुसी वाणिज्य दूतावास पनि बन्द गरिनेछ । एजेन्सी