आज देशभरीको मौसम सफा रहने

काठमाडौं । सामान्यतया आज देशभरीको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको तराई भू–भागका अधिकांश स्थान र पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । अन्य भागमा मौसम सफा भएपनि तराईका भू–भागमा भने हुस्सु र कुहिरो कायमै रहनेछ । आज राति पनि मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।

तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद् विभूति पोखरेलले आग्रह गर्नुभयो ।

भोलिदेखि भने मौसम बदली हुनेछ । मौसम बदली भई तापक्रम बृद्धि हुने भएपनि चिसो भने कायमै रहने मौसमविद्को भनाइ छ ।

Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..