यो हो संसारकै सबैभन्दा सुन्दर र आरामदायक जेल

जेल भन्ने बित्तिकै कालकोठरी, खोर र भयंकर स्थान भन्ने बुझिन्छ । त्यहाँ डरलाग्दा अपराधीहरु हुन्छन् भन्ने आम मान्यता छ।

तर, जेललाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने भनाइ पनि बेलाबेला आउने गरेको छ। तैपनि यो भनाइ व्यवहारमा भने लागु भएको पाइँदैन ।

तर नर्वेमा भने यस्तै एउटा जेल छ । जसलाई विश्वकै सबैभन्दा सुन्दर र आरामदायक जेलका रुपमा लिने गरिन्छ । यो जेल संसारको सबैभन्दा मानवीय जेल हो । यहाँ खोर छैन, झ्याल छैन । यहाँ तपाई मानवीय महशुस गर्नुहुनेछ न त जनावरको जस्तो ।

लिन मार्गरेथ एन्ड्रेसन नर्वेको हेल्डन जेलकी गार्ड हुन् । यसलाई विश्वकै सबैभन्दा मानवीय जेल भन्ने गरिन्छ । यहाँ तपाई मानिसजस्तो महशुस गर्नुहुन्छ न त जनावरको जस्तो । उनले भनिन्–मलाई लाग्छ कि यो निकै महत्वपूर्ण कुरा हो ।

नर्वेमा कैदीहरु जतिसक्दो सामान्य जीवन बाँच्छन् । खाना बनाउनु, अध्ययन गर्नु, काम गर्नु र गार्डसका साथ समय बिताउँछन् ।

यहाँ केही व्यक्ति यस्ता छन् जसले पहिलोपटक शिक्षा हासिल गर्ने अवसर पाएका छन् । उनीहरुका लागि यो मात्र पुनर्बास होइन, बरु उनीहरुलाई सशक्त बनाउने कोशिस हो ।

लिन मार्गरेथ एन्ड्रेसनले भनिन्–हामी कैदीहरुलाई यहाँ यो सुविधा यसकारण दिन्छौ ताकि उनीहरु बाहिर एउटा नयाँ जीवनको सुरुवात गर्न सकुन् ।

उनले भनिन्–मलाई लाग्दछ कि म यो मामिलामा सफल भएँ ।

नर्वेमा यस्तो कमै मात्र हुन्छ कि जेलबाट निस्केर पुनः अपराध गरोस्। उनले भनिन्–तर, हामीलाई मानिसहरुबाट आलोचनाको सामना पनि गर्नु परेको छ।

कतिले गुनासो गर्ने गर्दछन् किनभने उनीहरुलाई लाग्छ कि यो एउटा लक्जरी जेल हो । लिन मार्गरेथ एन्ड्रेसनले भनिन्–तर यदि तपाईले केही नयाँ बनाउनु हुन्छ भने त्यो पुरानो तरिकाबाट बन्दैन ।

उनले भनिन्–हो, यो अवश्य हो कि जसका कारणबाट अन्यलाई समस्या भएको छ, उसलाई केही कष्ट त अवश्य पाउनु पर्दछ । तर, हामीले त्यो व्यक्तिलाई ध्यान दिनु पर्छ र यो सोच्नु पर्छ कि त्यो सबै कुन अवस्थामा भयो होला ? हामीले कोशिस गर्नुपर्नेछ कि त्यो सबै पुनः कहिले पनि नहोस्।

उनले भनिन्–जेलबाट निस्केपछि उनीहरु मेरो वा तपाईको छिमेकी बन्नेछन्। त्यसैले हामी सोच्दछौ कि उनीहरु यहाँबाट एउटा अशल मानिस बनेर निस्कुन् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..