अग्नि सापकोटा विरुद्ध अदालतमा कुनै मुद्धा छैन्ः पूर्वमहान्यायाधिवक्ता प्रधान

अग्नि सापकोटा विरुद्ध अदालतमा कुनै मुद्धा छैन्ः पूर्वमहान्यायाधिवक्ता प्रधान 1

काठमाडौं । माघ १२ गते प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै छ । सत्तारुढ नेकपाले सभामुखका लागि अग्निप्रसाद सापकोटालाई अगाडि सारेको छ । प्रतिपक्षमा रहेका अरु कुनैपनि दलले सभामुखका लागि उमेद्वारी नदिएकाले सापकोटा सभामुखका एकल उमेद्वार हुनुहुन्छ । उहाँलाई केही अधिकार कर्मीहरुले द्वन्दकालिन मुद्धामा मुछेर सभामुख वनाउन नहुने भन्दै पैरवी गरिरहेका छन् । तर, सिंगो सार्वभौम संसद सापकोटाको पक्षमा हुँदा पनि उहाँका विरोधमा केही अधिकार कार्मीर संस्थाहरु लाग्नुलाई लोकतन्त्रान्त्रीक गणतन्त्र र संविधानमाथि कै प्रहार हो भन्नुहुन्छ, पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य मुक्ति प्रधान ।

पूर्वमन्त्रीसमेत रहेका सापकोटामाथि अदालतमा कुनै पनि फौजदारी मुद्धा नभएको पूर्वमहान्याधिवक्ता प्रधान बताउनुहुन्छ । विरोध गर्नु विरोधीहरुको धर्म नै हो । तर, अग्नि सापकोटा जनयुद्धको नेता भएकै कारणले आज सभामुख बन्ने हैसियतमा पुग्नुभएको हो । उहाँले परिवर्तनको आन्दोलनमा गर्नुभएको सकारात्मक योगदानलाई हेर्नुपर्छ । त्यसकारण उहाँको बारेका केही अधिकारकर्मीहरुले जुन विषय उठाइरहनुभएको छ, त्यसले उहाँलाई सभामुख बन्ने मामलामा कुनै फरम नपर्ने प्रधान बताउनुहुन्छ ।

माओवादीले लडेर ल्याएको परिवर्तन असाध्यै लोभलाग्दो हुने, त्यहि परिवर्तनमा ठूलो पदमा पनि पुग्ने, अनि माआवादीले गरेको जनयुद्ध चहीँ अप्रिय हुने ? लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था चाही असाध्यै राम्रो हुने, जसले लडेल यो व्यवस्था ल्यायो उनीहरु चहीँ युद्ध अपराधी हुने ? बहस गरौं न परिवर्तनका लागि संसरमा नेपालका माओवादीले मात्रै हरियार उठाएको हो ? विना हरियार पुरानो व्यवस्था कहाँ ढलेको छ । उहाँले सभामुखका एकल उमेद्वार सापकोटामाथि प्रश्न गर्नेहरुमाथि नै प्रतिप्रश्न गर्नुभएको छ ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..