सभामुखको मुद्धा अदालतमा चल्नु नपर्ने भनि महान्यायधिवक्ता खरेलज्युले बोल्नुपर्छः नेता चौलागाईं

सभामुखको मुद्धा अदालतमा चल्नु नपर्ने भनि महान्यायधिवक्ता खरेलज्युले बोल्नुपर्छः नेता चौलागाईं 1

यहाँको विरुद्ध कुनै पनि मुद्धा छैन् । अग्निलाई एउटा अभियुक्त जस्तो गरेर मुद्धा चलाउने प्रयास गरियो । यो गलत छ । द्वन्द्वकालिन मुद्धाहरु सत्यनिरुपण आयोगको क्षेत्राधिकारभित्र पर्छ भनेर नेपाल सरकारका महान्यायधिवक्ता अग्नि खरेलज्युले कदम चाल्नुपर्छ । अग्नि सापकोटाको मुद्धा काभ्रेको जिल्ला अदालतमा चल्नु नपर्ने मुद्धा हो भनि उहाँले स्टेप लिएर बोलिदिनुभयो भने यो समस्यको समाधान हुन्छ । उहाँले यो विषयमा सम्बन्धित निकायमा छलफल गरिरहनुभएको होला भन्ने विस्वास लिएका छौं ।

सत्तारुढ नेकपाले सभामुखका लागि अगाडि सारेका उम्मेदवार अग्निप्रसाद सापकोटा विरुद्ध बरिष्ट अधिवक्ता दिनेश त्रिपाटीले शुक्रबार सर्वोच्चमा रिट दायर गर्दै तत्काल पक्राउ गरी सनुसान्धान थाल्न माग गरेका छन् । सापकोटाकै विषयलाई लिएर राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशिल प्याकुरेलले राजीनामा नै दिएका छन् । प्याकुरेल मानवअधिकारवादी संस्था इन्सेकका पूर्व अध्यक्ष पनि हुन् । इन्सेकले विज्ञप्ती नै जारी गरेर सापकोटालाई सभामुख नबनाउन सरकारसँग अनुरोध गरेको छ । के सार्वभौम संसद एकमत रहेको विषयमा संसदलाई नै चुनौति दिन मिल्छ ? सर्वत्र प्रश्न उठिरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रवास विशेष कमिटि अध्यक्ष युवाराज चौलागाईंले सभामुख प्रकरणमा अहिले चलिरहेको बहसबारे राजमार्ग अनलाइन टिभिसँग छलफल गर्दै आफ्नो धारणा राख्नुभएको छ । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल असक्षम भएका कारण राजीनामा दिनुभएको हो, नेता चौलागाईले भन्नुभयो । सुशील प्याकुरलको यो परिवर्तनको प्रक्रियामा के योगदान छ र उहाँ राष्ट्रपतिको सल्लाहकार बन्ने ? उहाँको प्रश्न छ ।

सभामुख चयन र सुशील प्याकुरेलको राजीनामा बारे युवा नेता युवराज चौलागाईंसँगको कुराकानी उहाँ प्रस्तुत गरिएको छ :

सबभन्दा पहिलो कुरा त विगतका संघर्षका पृष्ठभूमि रहेका माओवादी नेताहरुको बारेमा यस्ता मुद्दाहरु नयाँ कुरा होइनन् विगतमा पनि तत्कालीन नेकपा माओवादी केन्द्र र हाल नेकपाका अध्यक्ष प्रचण्डका विषयमा अमेरिका जान लाग्दा, अष्ट्रेलिया जान लाग्दाखेरी वा विभनिन्न सन्दर्भमा यस्ता कुराहरुउठाएर परिवर्तनकारीहरुको नाडी छाम्ने काम गरेका छन् । ती प्रयासहरु असफल सावित हुँदै आएका छन्, ती मान्छेहरु जो आज सभामुखको विरुद्धमा एक पटक फेरी मूल राजनीतिको विपक्षमा देखापरेका छन्, तीनीहरुले नेपालको राजनीतिलाई बुझेका छनैन । राजनीतिक प्रणालीलाई बुझेका छैनन् । त्यसकारण उनीहरुको प्रयास सफल हुँदैन ।

सभामुखमाथि उठाइएको प्रश्नको कसरी समाधान होला, नेकपाले सभामुखमाथि देखा परेको कानुनी जटिलता कसरी समाधान गर्ला भन्ने एउटा विश्लेषणको पक्ष छ । वास्तवमा सभामुखमाथिको हमला संवैधानिक सर्वोच्चतामाथि गैर राज्य पक्षको हमला हो । र, नेपालको कानुनको शासनलाई स्वीकार गर्ने हो भने, संसदीय सार्वभौमिकताको विरुद्धमा अदालत उचाल्ने प्रयत्न भएको छ । यो संविधानको विपरित त छदै छ, सामान्य शक्तिको सन्तुलनको राजनीतिक सिद्धान्तको विरुद्ध पनि छ । यो नेपालको भविष्यको हितमा छैन । अदालतले यो कुरा बुझेको छ भन्ने मलाई लाग्छ ।

यहाँको विरुद्ध कुनै पनि मुद्धा छैन् । अग्निलाई एउटा अभियुक्त जस्तो गरेर मुद्धा चलाउने प्रयास गरियो । यो गलत छ । द्वन्द्वकालिन मुद्धाहरु सत्यनिरुपण आयोगको क्षेत्राधिकारभित्र पर्छ भनेर नेपाल सरकारका महान्यायधिवक्ता अग्नि खरेलज्युले कदम चाल्नुपर्छ । अग्नि सापकोटाको मुद्धा काभ्रेको जिल्ला अदालतमा चल्नु नपर्ने मुद्धा हो भनि उहाँले स्टेप लिएर बोलिदिनुभयो भने यो समस्यको समाधान हुन्छ । उहाँले यो विषयमा सम्बन्धित निकायमा छलफल गरिरहनुभएको होला भन्ने विस्वास लिएका छौं ।

loading...
Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: