आज आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल

आज आइतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल 1

मिति २०७६ साल माघ १२ गते आइतबार, इस २०२० जनवरी २६। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। द्वितीया, २८:४९ उप्रान्त तृतीया।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा सोचेभन्दा अढि नै आम्दानी हुनेहुदा नयाँ क्षेत्रमा लगानी गर्न जागर आउँनेछ । रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागीर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न भौतिक वस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पति पत्निविच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु-याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा उद्योगमा लगानी गरि रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..