रोचक चुट्किलाः श्रीमान–श्रीमती र रक्सी पसलमा

सधै खाना खाएपछि सुत्ने आफ्नो अल्छी श्रीमतीको बानी देखी दिक्क भएपछि एक दिन,

श्रीमान : त्यसरी सुत्नु हुँदैन सधै, कलेजो बाहिर निस्कन्छ अनि थाहा पाउलिस् ।

श्रीमती : ए हो र हस् अबदेखि सुत्दिनँ ।

भोलीपल्ट अफिस जान लाग्दा फेरि श्रीमतीलाई निदाइरहेको देखी, श्रीमानलाई रिस उठेछ । अनि उनले फ्रीजमा रहेको कुखुराको कलेजो ल्याई, श्रीमतीको नजिक राखेर अफिस गएछन । बेलुका अफिसबाट घर फर्केपछि,

श्रीमती : रुँदै, हजुरले भनेजस्तै भयो, मेरो पेटबाट आज कलेजो बाहिर निस्कियो ।

श्रीमान : हो र ! अनि कलेजो बाहिर निस्कदा तिमीलाई दुखेन त ?

श्रीमती : निस्कदा त होइन तरभित्र हाल्दा भने साह्रै दुख्यो ।

रक्सी पसलमा

एक व्यत्ति रक्सी पसलमा आफनो रक्सीको ग्लास हेर्दै केहि सोचेर बसीराखेको थियो, अचानक नजिकैको अर्को मान्छेले उसको ग्लासको रक्सी घुटुघुटु पिउन थाल्यो, त्यो देखेर पहिलो व्यत्ति रुन थालेपछि,

दोेस्रो व्यक्तिः मैले त खाली ठट्टा मात्र गरेको हो । तपाईको लागी म अर्को ग्लास मगाईदिन्छु ।

पहिलो व्यक्तिः कुरा त्यो होइन । आज मेरो जिन्दगीको सबै भन्दा नराम्रो दिन हो ।

दोेस्रो व्यत्तिः त्यस्तो के भयो र ?

पहिलो व्यत्तिः बिहान अबेलासम्म सुतेछु । त्यसैले अती नै महत्वपूर्ण मिटिङ्गमा पुग्न ढिला भयो । अनी हाकिमले रिसले चुर हुँदै मलाई जागिरबाट निकाली दियो । अफिसबाट बाहिर निस्कदा मेरो गाडि चोरी भएको थाहा पाएँ, ट्याक्सी लिएर घर फर्केको । तर ट्याक्सीमा नै सम्पूर्ण जरुरी कागजपत्रहरु छुटेछ । निराश हुँदै घरको ढोका खोल्छु त, श्रीमति त अर्कैसँग…………

आपmनो परिस्थितिदेखि दिक्क लागेर मर्न खौजेको, तर तपाईले मेरो विष मिसिएको रक्सी पनी पिईदिनुभयो ।

दोेस्रो व्यत्तिः …………….?

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..