गृहकाे उच्च स्रोत भन्छः ठाकुर प्रसाद ज्ञवाली प्रहरी प्रमुख हुने पक्कापक्की छ

काठमाण्डौ । नेपाल प्रहरीका प्रदेश नम्बर १ का प्रमुख ठाकुर प्रसाद ज्ञवाली नेपाल प्रहरीको प्रमुख हुनेमा पक्का पक्की भएको एक उच्च स्रोतले बताएको छ । अ आउने २६ गते प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको पदावधी सकिंदै छ । त्यस पश्चात उक्त पदमा ठाकुर प्रसाद ज्ञवाली नियूक्त हुने सम्भावना अत्यन्त उच्च रहेको स्रोतको दावी छ ।

उनीसँगै आइजिपिका बन्ने दौडमा सुदुरपश्चिमका तारिणी प्रसाद लम्साल पनि ब्यस्त छन् । प्राप्त सूचना अनुसार दुवै जना अहिले शक्तिकेन्द्र धाईरहेका भएपनि नेकपासंग नजिकको आस्था राख्ने ज्ञवालीको पल्ला भारी रहेको सहजै अनुमान गर्न सकिन्छ ।

धेरै सुरक्षा अधिकारीहरु आईजिपि प्रकरणमा आफ्नो मुख खोल्न चाहदैनन् । यद्धपि, वर्तमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल आफै पुनः अर्को पटक सोही पदमा आसिन हुन चाहिरहेका भने छन् ।

कार्य मूल्यांकन प्रतिवेदनको अधारमा पनि ज्ञवालीको नम्वर अरु प्रहरी अधिकारीको भन्दा बढि भएको चर्चा गृह मन्त्रालयमा सुन्न पाईन्छ । यस कारण ठाकुर प्रसाद ज्ञवाली नै भविस्यको प्रहरी महानिरिक्षक हुन भनेर भन्न सकिने स्रोतको दावी छ ।

One thought on “गृहकाे उच्च स्रोत भन्छः ठाकुर प्रसाद ज्ञवाली प्रहरी प्रमुख हुने पक्कापक्की छ

Comments are closed.

Raj Mg
pw_aawaj@hotmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..