‘डिजिटल नेपालको सपना पूरा भइसक्यो: प्रधानमन्त्री ओली, अपराधी पूर्ण रुपमा परास्त हुन्छ : गृहमन्त्री थापा

‘डिजिटल नेपालको सपना पूरा भइसक्यो: प्रधानमन्त्री ओली, अपराधी पूर्ण रुपमा परास्त हुन्छ : गृहमन्त्री थापा 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल बनाउने सरकारको सपना पूरा भएको बताउनु भएको छ ।
‘डिजिटल नेपालको सपना पूरा भइसक्यो: प्रधानमन्त्री ओली, अपराधी पूर्ण रुपमा परास्त हुन्छ : गृहमन्त्री थापा 2
प्रधानमन्त्री ओलीले बायोमेट्रिक प्रणालीमा आधारित ‘नेपाली पोर्ट’को उद्घाटन गर्दै २ वर्षमा गर्नुपर्ने काम १ वर्षमा गरेर डिजिटल नेपालको सपना पूरा हुन लागेको बताए ।

आधुनिकीकरण र समृद्धिको यात्रामा रहेको नेपालमा नेपाली पोर्टको सुरुवात हुनु सरकारको एउटा नयाँ कदम भएको बताउँदै प्रधानमन्त्री ओलीले नयाँ सफ्टवेयरले अध्यागमन सेवा प्रवाहलाई सरल, सहज र सुरक्षित बनाउने बताए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अन्तर्राष्ट्रिय विमानस्थलमा सुरुवात भएको बायोमेट्रिक प्रणालीमा आधारित सफ्टवेयरले संगठित अपराधहरू सुन तस्करी, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियार जस्ता अपराध सञ्जाल पूर्णरुपमा ध्वस्त पार्न सहयोग हुने बताए ।

मुलुकको सुरक्षासँग प्रत्यक्षरुपमा सरोकार राख्ने सीमा व्यवस्थापन र अध्यागमनलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय, यात्रुमैत्री र सूचना प्रणालीमा आधारित बनाउन नेपालीले नै बनाएको नेपाली पोर्टले ठूलो भूमिका खेल्ने गृहमन्त्री थापाले बताउनु भएको उहाँका प्रेस सल्लाहकार किरण भट्टराईले बताउनु भयो ।

नेपालका नाकाहरू थप सुरक्षित हुने विश्वास लिएको बताउँदै मन्त्री थापाले अर्थतन्त्रको आधारशीलाको रुपमा लिएको पर्यटन अर्थतन्त्रलाई अझै विश्वासिलो बनाउन नेपाली पोर्टले सहयोग गर्ने बताएका छन् ।

अध्यागमन सुधार कार्यक्रम अन्तर्गत बायोमेट्रिक प्रणाली सहितको सूचना प्रणालीको विकास, भौतिक पूर्वाधारको सुधार, सुरक्षित र २ तहको डाटा सेन्टर सहितको २४ सै घण्टा सञ्चालन हुने नेपाली पोर्टको शुरूआत भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
‘डिजिटल नेपालको सपना पूरा भइसक्यो: प्रधानमन्त्री ओली, अपराधी पूर्ण रुपमा परास्त हुन्छ : गृहमन्त्री थापा 3
उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक पौडलले भने, ‘नेपाली पोर्टले २४ सै घण्टा विना अवरोध सेवा सुचारु हुने गरी नेटवर्किङ, शंकास्पद कागजात पहिचानको लागि अध्यागमन विभागले विमानस्थल र अध्यागमन विभागको कार्यालयमा फर्जरी डिटेक्सन युनिट स्थापना गरेका छौं ।’

नेपाली पोर्ट सोमवारदेखि देशका १२ स्थानका नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैसाथ शुरू भएको छ ।

Loading...
Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..