ह्याण्डसम ‘दले दाई’ : चलचित्रका नायक जस्ता

ह्याण्डसम 'दले दाई' : चलचित्रका नायक जस्ता 1

यतिबेला इटहरीका सुमन कोइराला दले दाइका नामले देशविदेशमा चर्चित बनेका छन् ।

उनी बाटोमा हिड्दा मास्क लगाएर हिड्ने गर्छन् । मास्क लगाउनुको कारण प्रदुषण वा कोरोना भाइरस होइन, बरु उनले भर्खरै प्राप्त गरेको ‘दले दाई’ क्यारेक्टर हो ।

थापा गाँउको मन्दिर नजिकै भेटिएका उनी हतारहतार कतै जाँदै थिए । कान्तिपूर टेलिभिजनमा प्रशारण भइरहेको कमेडी च्याम्पियनमा उनी एक हाँस्य प्रस्तुती दिएर चर्चित बनेका हुन् ।
गोरो वर्ण र अग्लो जिउडाल भएका यि २४ वर्षे लक्का जवान चलचित्रका नायक जस्ता देखिन्छन् ।
ह्याण्डसम 'दले दाई' : चलचित्रका नायक जस्ता 2

आफू हाँस्य कलाकार भएर स्थापित हुन काठमाडौंसम्म आएका सुमनले सुरुमा यस क्षेत्रमा आफ्नो नाम दर्ता गर्न थुप्रै सकस उठाए । तर सफलता हात लागेन् । भद्रगोल जस्ता चर्चित टेलिसिरियलमा काम गर्ने इच्छा हुँदा हुँदै पनि ती सिरियलहरुले उनको प्रतिभा प्रस्फुटन गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् । कारण ति सिरियलहरुमा क्यारेक्टर फिक्स हुन्थे ।

काठमाडौंको बसाई त्यति सजिलो थिएन । त्यो बसाई धान्न उनले एक अनलाइन मिडियामा काम पनि गरे । तर त्यो काम र उनको हाँस्यब्यंगताको कुनै साइनो नै थिएन । त्यसपछि उनी कुनै गतिलो प्लेटफर्म खोज्दै थिए । त्यसपछि केकी अधिकारीले आफै उत्पादन गरेको कमेडी च्याम्पियनले उनको कलाकारिताको ढोका खोलिदियो।

एकातिर मुख बांगो नपारी, थोत्राथाम्रा लुगा नलगाई, बांगो टिंगो नहिडी पनि स्ट्याण्डर कमेडी गर्न सकिन्छ भन्ने चेतना नेपाली हाँस्य कलाकारमा कमै देख्न सकिन्छ । चल्तीका कलाकार पनि त्यसै गर्छन । तर सुमन भने सुकिलामुकिला लुगानै लगाएर दर्शकलाई हँसाइरहेका छन् ।

ह्याण्डसम 'दले दाई' : चलचित्रका नायक जस्ता 3
दर्शकहरु उनको कमेडीलाई अर्गानिक कमेडी भन्छन् । त्यसैमा उनले छवि बनाइसकेका छन् ।

हुन त कमेडी च्याम्पियनमा पनि उनलाई सुरुमा धक्कानै लाग्यो । टप टेनबाटै बाहिरिए । तर आयोजकले बाहिरिएका मध्ये उत्कृष्ट एकजनालाई वाइल्ड कार्ड इन्ट्रीमार्फत ल्याउन सकिने व्यवस्था थियो । निर्णायकले उनीमाथि जोखिम उठाए । सुमनले निर्णायकको आँटलाई डुब्न दिएनन् । झन बलियो प्रस्तुती लिएर सबैको मन जिते ।

उनका प्रशंसकहरु कमेडी च्याम्पियनको उपाधि दाबेदारका रुपमा हेरिरहेका छन् ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..