चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि

चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि 1

चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १७० पुगेको छ र उक्त सङ्क्रमण तिब्बतमा पनि देखिएसँगै चीनको मूख्य भूभागको सबैतिर उक्त भाइरस पुगेको पुष्टि भएको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधवारसम्म ७ हजार ७ सय ११ वटा सङ्क्रमण पुष्टि भएको बताएका छन्।

हालसम्म चीनबाहेक कम्तीमा १५ वटा देशमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसले विश्वव्यापी स्वास्थ्य आपत्‌काललाई सङ्केत गर्ने या नगर्ने भन्ने निर्क्यौल गर्न बैठक गरिरहेको छ।

उक्त निकायका महानिर्देशकले मानवबाट मानवमा भइरहेको सङ्क्रमणको विस्तारले आफूहरूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।

उनले जर्मनी, भियतनाम र जापानमा चीन पुगेका मानिसहरूबाट सङ्क्रमण फैलिएका घटना फेला परेको बताए।

खोप बनाउने प्रयास

चीन बाहिर सङ्ख्या कम भए पनि ज्यादै ठूलो स्तरको सङ्क्रमणको सम्भावना रहेको उनको भनाइ छ।

चीनमा सन् २००० को दशकको शुरूआतमा फैलिएको सार्सको सङ्क्रमणभन्दा ठूलो सङ्ख्यामा मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

तर मृतकको सङ्ख्या निकै कम छ। सार्स पनि कोरोनाभाइरसकै एउटा सदस्य हो र त्यसले श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू निम्त्याएको थियो।

अनुसन्धानकर्ताहरूले यो भाइरसबाट मानिसहरूलाई जोगाउन खोपको विकास गर्ने प्रयास गरिरहेका छन्।


कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो चेतावनी
के मास्कले भाइरस छेक्न सक्छ

क्यालिफोर्नियाको एउटा अनुसन्धान केन्द्रले जुन वा जुलाई महिनामा मानिसमा परीक्षण गर्न सकिने खोप तयार हुने बताएको छ।

चिनियाँ प्रयासको सराहना

डब्लुएचओले उक्त सङ्क्रमणलाई सम्बोधन गर्ने चिनियाँ प्रयासको प्रशंसा गरेको छ।

चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि 2
राष्ट्रपति सी जीन्पिङले उक्त दुष्ट भाइरसलाई पराजित गर्ने वाचा गरेका थिए।

सङ्क्रमणका कारण देशको मध्यमा रहेको हुबे प्रान्तमा पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

सङ्क्रमणको केन्द्रमा रहेको वुहान शहर पनि रहेको उक्त प्रान्तमा ६ करोड जनसङ्ख्या छ।

चीनबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस’
कोरोनाभाइरस सङ्क्रमित क्षेत्र वुहान बस्ने नेपाली के भन्छन्

कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको चिनियाँ सरकारले मूल्यवृद्धि तथा वस्तुको अभावसम्बन्धी रिपोर्टका बीच खाद्य उत्पादन जारी राख्न किसानहरूलाई आग्रह गरेको छ।

अधिकारीहरूले सङ्क्रमण शुरू भएको हुबे प्रान्तका लाखौँ मानिसका लागि खाद्यान्न ओसार्ने ट्रकहरूका निम्ति सडकहरू खुला राख्न निर्देशन दिएका छन्।

अन्य मुलुकहरूले चीनसँगको यातायात सम्पर्क विच्छेद गरिरहेका छन्। रुसले चीनसँगको चार हजार किलोमिटर सिमाना बन्द गर्न आदेश दिएको छ।
BBC

Loading...

2 thoughts on “चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि

  1. Pingback: - Nepali Sandes

Comments are closed.

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..