स्वासको दुर्गन्धले दिक्क हुनुहुन्छ ? दुर्गन्ध हटाउन यस्ता उपाय अपनाउनुस्

सुन्दर मुस्कानले हरेक अनुहारलाई आकर्षक बनाउँछ । यदि मुस्कानका बावजुद कुनै व्यक्ति तपाईको स्वासको दुर्गन्धका कारण नजिक आएर कुरा गर्न चाहिरहेको छैन भने यस्ता कुरामा ध्यान दिनुस्।

हैलिटोसिस

मेडिसिनको भाषामा मुखबाट दुर्गन्ध आउने स्थितिलाई हैलिटोसिस भनिन्छ ।यो मुखको सफाइ राम्रोसँग नगरेका कारण र खानपानसम्बन्धी गलत बानीका कारण उत्पन्न हुन्छ।

जिब्रो

स्वासको दुर्गन्धको कारण अक्सर जिब्रो, दाँत र गिँजामा जमेको ब्याक्टेरियाका कारण आउँछ । त्यसैले जिब्रो हरेक दिन सफा गर्नु आवश्यक छ।

दुर्गन्ध कहाँबाट ?

जब हामी केही खान्छौ तब मुखमा रहेका ब्याक्टेरिया ¥यालसँग मिलेर भोजन र प्रोटिनलाई तोड्दछ । यो विघटन प्रक्रियामा जे ग्यासमुक्त हुन्छ, त्यो स्वासको दुर्गन्धको कारण बन्दछ।

दाँतको टुलसेट

दाँतमा ब्रस, जिब्रोको सफाइका लागि फलाम वा प्लास्टिकको पाता र डेन्टल फ्स मिलाएर पूरा टुल सेट बन्दछ । यसका साथै माउथवासको प्रयोग पनि गर्न सकिन्छ ।

दाँचको बिचको स्थान

केही खाने बेला यदि दाँतको बिचमा दरारमा फस्ने ठाउँ छ भने सफाईमा अरु पनि बढी ध्यान दिनु आवश्यक हुन्छ । जे खाए पनि कुल्ला अवश्य गर्नुस् र साँझ बिहान राम्रोसँग ब्रस गर्नुस्।

डाक्टरको सुझाव

यदि घरेलु उपायबाट दुर्गन्ध रोकिएन भने चिकित्सकको सल्लाह लिन ढिला नगर्नुस् । कतिपय मुखको दुर्गन्ध कुनै रोगको संकेत पनि हुन सक्दछ।

सुख्खा मुख

ड्राई माउथ वा जेरोस्टोमिया भनिने रोगमा ¥यालको बहवमा असर पार्दछ ।-यालको कमीका कारण मुखमा बढी ब्याक्टेरिया उत्पन्न हुन सक्दछ र दुर्गन्धको कारण बन्न सक्दछ । कतिपय मानिसमा नाकको साटो मुखबाट स्वास लिने बानीबाट पनि यस्तो हुन्छ ।

बच्चालाई सही सिकाउनुस्

सानो उमेरबाटै बालबालिकामा दाँतको सफाइसम्बन्धी बानी बसाल्नु पर्दछ । दाँतमा टफी, चकलेट वा कुनै अन्य गुलिया खानेकुरा दाँतमा फसिरहँदा त्यसका किरा लाग्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

चुईगम

यदि तपाई घरभन्दा बाहिर हुनुहुन्छ र ब्रस गर्नेजस्तो उपाय अपनाउन सकिन्न भने तत्काल सहयोगका लागि चुईगम प्रयोग गर्न सक्नु हुन्छ । यसको तिब्रा बास्नाले मुखको दुर्गन्ध दबिन्छ र -यालका साथ मिलेर सुगन्ध उत्पन्न हुन्छ।

स्वस्थ खाना

ताजा फलफूल र सागपात खाँदा दाँत र गिँजा स्वस्थ बन्छ । त्यसैले भोजनमा यसको मात्रा बढाउनुस् । पेट सफा राख्नुस र दिनमा कम्तीमा पनि दश गिलास पानी पिउने कोशिस गर्नुस्। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..