सुरक्षा जाँचका नाममा अमेरिकामा पाकिस्तानी प्रधानमन्त्रीलाई नाङ्गेझार पारेपछि….

अमेरिकासँग चिसिँदै गरेको सम्बन्धकाबीच पास्तिानका प्रधानमन्त्रीलाई अमेरिकाको जोन एफ केनेडी विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी अमेरिका भ्रमणमा गएका थिए । यसक्रममा उनलाई यसप्रकारको अपमानजनक सुरक्षा जाँच गरिएको हो ।

पाकिस्तानी च्यानलहरुले घटनासँग सम्बन्धित भिडियो पनि सार्वजनिक गरेका छन् । उक्त भिडियोमा जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई आम नागरिकलाई जस्तै नाङ्गेझार पारिँदै गरेको देखाइएको छ।

यो घटना ट्रम्प सरकार पाकिस्तानमाथि भिसा प्रतिबन्धको तयारी गरिरहेका बेला सार्वजनिक भएको हो । स्रोतहरुका अनुसार पाकिस्तान सरकारका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक लगाउने तयारीसमेत भइरहेको छ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी गत साता आफ्नी विमार बहिनीलाई भेट्न निजी भ्रमणका रुपमा अमेरिका पुगेका थिए । यद्यपि यसक्रममा अमेरिकाका उपराष्ट्रपतिसँग पनि भेट गरे, पाकिस्तानी भिडियाका अनुसार निजी भ्रमणमा पनि यस्तो चेकिङ हुनु देशकै बेइज्जति हो ।

पाकिस्तानी टेलिभिजन प्रस्तोताका अनुसार देशका प्रधानमन्त्रीसँग कुटनीतिक राहदानी छ र यस्तोमा निजी भ्रमणजस्तो कुनै कुरा हुँदैन ।

पाकिस्तानी प्रधानमन्त्रीको चेकिङ ठिक पहिला अमेरिकाले सात पाकिस्तानी कम्पनीलाई परमाणु व्यापार गरेको शंकामा प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..