गृह सचिवमा महेश्वर न्यौपाने पक्कापक्की जस्तै : बालुवाटार उच्च स्रोत

गृह सचिवमा महेश्वर न्यौपाने पक्कापक्की  जस्तै : बालुवाटार उच्च  स्रोत 1

काठमाडौं । सर्वाधिक शक्तिशाली र आकर्षक मानिएको गृह मन्त्रालयमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने आउने पक्का भएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

उनीबाहेक यो दौडमा जान अन्य सचिवहरूले अझै दौडधूप सुरु गरिरहेका छन् । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई आगामी २२ माघदेखि पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुने भएपछि गृहमा जान अन्य सचिवको दौडधूप सुरु भएको हो । राईको अवकाश हुनै लाग्दा गृह मन्त्रालयको सचिव बन्न महेश्वर न्यौपानेसंगै यादवप्रसाद कोइराला र केदारबहादुर अधिकारी पनि लागिपरेको स्रोतले जनाएको छ।

धेरैको रोजाइमा पर्ने गृह मन्त्रालय नै छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य बोकेको सरकारले सर्वाधिक महत्वपूर्ण मन्त्रालयको प्रशासनिक नेतृत्व छनोट गर्दा हचुवा र लहडमा नभई निश्चित योग्यता, अनुभव र मापदण्डका आधारमा गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

देश संघीयताको संस्थागत विकासमा अघि बढिरहेकाले गृहमा आउने सचिवले मुलुकको समग्र सुरक्षा चुनौतीको मिहिन ढंगले विश्लेषण गर्दै चुनौतीका आन्तरिक र बाह्य पाटो पहिचान गर्न सक्ने, सुरक्षा निकायको प्रभावकारी ढंगले समन्वय र परिचालन गर्न सक्ने तथा सुरक्षासँग सम्बन्धित विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच पुलका रूपमा काम गर्न सक्ने ल्याकत राख्नुपर्ने सुझाव विज्ञहरूको छ ।

मुलुकको सिंगो शान्ति सुरक्षाको प्रशासनिक कमान्ड गर्न तथा प्रहरी प्रशासन हाँक्न र शक्ति केन्द्रसँग सम्बन्ध बढाउन पाइने हुँदा गृहमा अत्यधिक आकर्षण बढेको हो । गृह मन्त्रालयबाट सेवानिवृत्त हुन लागेका सचिव राईको उत्तराधिकारीका रूपमा आउने सचिवलाई काम गर्न भने सहज छैन । राईले गृह मन्त्रालयमा रहँदा परिणाम दिने गरी सुधारका कैयौ कार्य थालनी गरेका छन् । राई रातदिन काम गरेर परिणाम दिने अब्वल सचिवमा पर्छन् ।

गृहसचिव राई सेवानिवृत्त भएपछि गृह सचिवको प्रमुख दाबेदारका रूपमा देखिएका महेश्वर न्यौपाने प्रशासनमा राम्रो दक्खल राख्न सक्ने सचिव हुन् । दाबेदार मानिएका महेश्वर न्यौपाने स्पष्ट योजना र भिजन भएका सचिवका रूपमा परिचित छन् । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर सुशासन कायम गर्ने कार्यमा सक्रिय सचिव न्यौपानेले यसअघि पर्यटन मन्त्रालयमा पनि सुधारका कार्य थालेका थिए । परिणाम दिन सक्ने क्षमताका उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सफलतापूर्वक कार्य गरिसकेका छन्

Loading...

One thought on “गृह सचिवमा महेश्वर न्यौपाने पक्कापक्की जस्तै : बालुवाटार उच्च स्रोत

Comments are closed.

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..