यस्तो छ महिलाले धोका दिएको पत्ता लगाउने सात सूत्र

प्रेममा रहनु राम्रो कुरा हो । आफ्नो अनुभूति, डर, समस्या एकअर्कामा बाँड्नका लागि हर कसैलाई एक जना पार्टनरको आवश्यकता पर्दछ । तर यदि त्यही व्यक्तिले तपाईलाई धोका दियो, जसमाथि तपाईले सबैभन्दा बढी विश्वास गर्नुको छ। यस्तो व्यक्ति जसलाई तपाई आफ्नो ठान्नु हुन्छ, विस्तारै विस्तारै अरुको भइरहेको छ, तब यो कुराले तपाईलाई तनाव र उदाशीको शिकार बनाउन सक्दछ । तपाई कयौ दिनसम्म डिप्रेशनमा रहनुपर्ने हुन सक्छ ।

यो कुरा पनि स्पष्ट छ कि तपाईको पार्टनर वा जीवनसाथीले अरु कसैसँग अफेयर चलाउनुअघि तपाईसँग अनुमति लिने छैन । अर्कोतिर उ यो नयाँ विस्तार हुँदै गरेको सम्बन्धलाई लुकाउने भरपुर कोशिस गर्नेछ । तपाईलाई अचानक झट्का नलागोस, यसअघि नै तपाई यी तरिकाबाट थाहा पाउन सक्नु हुनेछ कि तपाईको पार्टनरले तपाईलाई धोका दिने कोशिस गरिरहेको छः

१. उनी आजभोलि लुकमा बढी ध्यान दिन्छिन्

जब तपाईले पछिल्लो पटक चलचित्र हेर्न जानका लागि राम्रोसँग तयार हुन भन्नु भएको थियो तब उनको जवाफ थियो कि यति क्लोज भइसकेपछि अब तिम्रा लागि यो सबै के आवश्यक छ । तर अहिले उनी स्वयम सजधजमा बढी समय लगाइरहेकी छन्, नयाँ शपिङ्ग गरिरहेकी छन् र कस्मेटिक्समा पनि आवश्यकताभन्दा बढी खर्च गरिरहेकी छन् भने थोरै ध्यान यो विषयमा दिनुस् । अन्यथा तपाईका सामु एउटा ह्यान्डसम प्रतिस्पर्धी चाँडै उभिनेछ।

२. फोनको पासवर्ड चाँडो चाँडो परिवर्तन गर्नु

अचानक उनको मनमा आफ्नो फोनका लागि बढी माया पलाउन थालेको छ र वाशरुमसम्म फोन साथमै लिएर जान्छिन् । उनको फोनको पासवर्ड चाँडोचाँडो परिवर्तन भइरहेको छ र सोध्दा उनले कहिल्यै पनि यसको स्पष्ट कारण बताउँदिनन् । यति मात्र होइन, फोनको प्रयोग पनि उनी तपाईको नजरबाट लुकाएर गर्छिन् । यदि यस्तो छ भने उनीमाथि नजर राख्नुस् र सम्बन्धलाई बचाउन चाहनु हुन्छ भने आफ्नो बिहेवियरलाई तत्काल दुरुस्त गर्नुस्।

३. नयाँ साथीका बारेमा धेरै कुरा गर्नु

आजभोलि उनी एउटा नयाँ साथीका बारेमा धेरै कुरा गर्छिन । अहिले उनी भनिरहेकी छन् कि उनी कति मस्ती र स्वतन्त्रताका साथ रहन्छिन् र कति धेरै खुस छिन् । यदि तपाईलाई लाग्छ कि उनीहरु दुईजनाबीच गहिरो मित्रता छ भने रोकिनुस् । यसको वास्तविकता यो पनि हुन सक्दछ कि उनी उनको स्वच्छन्द जीवनको इर्श्या गरिरहेकी छन् । यो भावना या त उनलाई तपाईको रोकटोकको दायरबाट निस्किसकेकी छन् या त यस्तो चाँडै नै हुनेवाला छ। यसको अन्दाजा तपाई उनको कुरामा आफ्नो साथीको प्रशंसाबाट पनि लगाउन सक्नु हुनेछ।

४. बढी पर्सनल स्पेस खोज्नु

हामी सबैलाई केही समय आफू स्वयमका लागि आवश्यक पर्दछ । यदि केही समयसम्म तपाईबाट टाढा रहेका कारण घरमा समस्या, कार्यालयमा तनाव आदि बताउँछिन् भने उनको समस्या ठिक छ। तर यसक्रममा उनी तपाईको फोन कल लगातार उठाइरहेकी छैनन्, म्यासेज यहाँसम्म कि इमेलको जवाफसमेत दिइरहेकी छैनन् भने बुझ्नुस उनी तपाईबाट बच्नुको साटो तपाईलाई छोड्ने निर्णयमा पुगिसकेकी छन्।

५. प्रेम प्रकट गर्न रुची छैन

सम्बन्धको सुरुवात हात समातेर घुम्नु, एकैप्रकारको आइसक्रिम बाँडेर खानु, एउटै प्लेटमा खानु….यो सबै पब्लिक डिस्प्ले अफ अफेक्शन उनलाई खुवै मन पर्थ्यो । तर अब सबै उनलाई बालापन लाग्छ । म्यासेजमा लभ युको स्थानमा अब औपचारिक शब्द बढी भएको छ भने बुझ्नुस कि उनको मनमा कुनै अरु नै तपाईको स्थान लिइसकेको छ।

६. उनी तपाईमाथि शंका गर्छिन्

सम्बन्धमा दुवै पार्टनरमध्ये जसले गल्ती गरेको हुन्छ वा स्पष्ट भन्ने हो भने धोका दिइरहेको हुन्छ, अक्सर आफूलाई सही सावित गर्नका लागि अर्कोलाई अनेक आरोप लगाउँछ । तपाईले सोधेका सामान्य कुरामा पनि यदि उनीलाई ज्वरो आउँछ र तपाईमाथि आरोप लगाउन लाग्छिन् भने बुझ्नुस ‘दालमा केही कालो’ बढी नै छ।

७. ऐन मौकामा प्लान परिवर्तन

तपाई दुई जना डिनरको प्लान बनाउनुभयो वा फेरि कफी शपमा भेट्ने बाचा गर्नुभयो र समयभन्दा पहिला नै निस्कनुभयो । तर अचानक उनले आउन अस्वीकार गरिन् । एकदुईपटक त यस्तो हुन पनि सक्छ । तर योभन्दा बढी भइरहेको छ र उनी बहाना पनि यस्तो दिइरहेकी छन् कि बिहान योगाका लागि चाँडै उठ्नु छ, या काममा जानुछ तब तपाईले बुझे हुन्छ अब उनलाई तपाईप्रतिभन्दा बढी अरुसितै रुची छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..