एमसीसी जस्ताको जस्तै पास गर्न सकिंदैनः नेकपा केन्द्रीय समिति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा एमसीसी जस्ताको तस्तै पास गर्न नहुने ठहर गरेको छ । अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसी जस्ताको तस्तै पास गर्नु नेपालको हितमा नहुने मत राखाका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार केही केन्द्रीय सदस्यबाहेक सबैको धारणा एमसीसी संसोधन गरेर मात्र पास गर्नुपर्ने मत रहेको छ । विज्ञ समुह गठन गरेर, नेपालको अहित हुने व्यवस्थाहरु संसोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने सबैजस्तो केन्द्रीय सदस्यले धारणा राखेका थिए । एमसीसी पास गर्न ढिला गर्न नहुने धारणा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको सुरुवातमै राखेका थिए । तर ओलीको निर्देशनलाई अत्यधिक बहुमत सदस्यले अस्विार गरिदिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसी पास गर्न ढिला गर्न नहुने भन्दै सरकारको ध्यानकार्षण गराउँदै आएको छ ।

Loading...

One thought on “एमसीसी जस्ताको जस्तै पास गर्न सकिंदैनः नेकपा केन्द्रीय समिति

Comments are closed.

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..