मुटुरोग के हो ? मुटुरोगबाट कसरी बच्ने ? यस्तो छ मुटुरोग विशेषज्ञ डाक्टर बस्नेतको सुझाव (भिडियोसहित)

मुटु मानिसको महत्वपूर्ण अंगमध्येको एक हो । तर, पछिल्लो समय खानपान, जीवनशैली र वातावरणका कारण मुटु रोग बढ्दो छ। त्यसैले मुटुका विषयमा निकै ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । तर देशका सहरमै पनि मुटुरोग विशेषज्ञहरुको अभाव छ। अझ ग्रामीण भेगको अवस्था के होला ? त्यसमा पनि बाल मुटुरोग विशेषज्ञको त नेपालमा हाहाकार नै छ। त्यही हाकारकारका बीचका डाक्टर नारायणबहादुर बस्नेत भने बाल्य अवस्थाबाटै मुटुको ख्याल गर्नुपर्ने भन्दै अभियानमा लाग्नु भएको छ।

सोलुखुम्बूको सोताङमा जन्मनु भएका डाक्टर बस्नेतले त्रिभुवन विश्वविद्याल चिकित्सा शास्त्र अध्ययन संस्थानमा महाराजगञ्जमा एमबीबीएस पूरा गरी जापानको विश्वप्रसिद्ध टोकियो विश्वविद्यालयबाट बाल तथा बाल मुटुरोग विषयमा पीएचडी र पोस्ट ग्राजुएट गर्नु भएको हो । उहाँले पीएचडीपश्चात पोस्ट डक्टोरल अनुसन्धान पनि गर्नुभएको छ।

मुटु र फोक्सोलाई जोड्ने पल्मोनरी धमनीका बारेमा विशेष अनुसन्धान गरिसक्नु भएका डाक्टर बस्नेतले त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल अस्पतालसहित विभिन्न अस्पतालमा सेवा गर्नुभएको छ। युद्धग्रस्त कम्बोडियामा एक वर्ष मेडिकल संयोजकको भूमिकासमेत निर्वाह गरिसक्नु भएका डाक्टर बसनेत विरामीलाई केन्द्रविन्दुमा राखेर सेवा, अध्ययन, अनुसन्धान गर्नुपर्ने बताउनु हुन्छ ।

विशेषगरी मुटु रोग दुई प्रकारको अर्थात एउटा जन्मजात र अर्को जन्मेपछि सिर्जना हुने भएकाले मुटुको ख्याल बाल्यकालबाटै गर्नुपर्ने बताउनु हुने डाक्टर बस्नेतसँग हामीले विशेष कुराकानी गरेका छौ । उहाँ हाल चावहिलमा बाल चिकित्सा निदान केन्द्र नामक संस्थामार्फत सेवा गरिरहनु भएको छ। मुटुरोगका विषयमा विभिन्न खाले भ्रम र अन्योल रहेका बेला डाक्टर बस्नेतले कुराकानीमा मुटुको ख्याल कसरी गर्ने, रोग लागे के गर्ने र रोग लाग्नै नदिन के गर्न सकिन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उक्त भिडियो अन्तर्वार्ता :

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..