
रामेछाप । रामेछापको खाडादेवी गाउँपालिका वडा नम्वर ३ मा रहेको जगनीस्थान आधारभूत विद्यालय व्यवसायीक खेती र शिक्षातर्फ अग्रसर भएको छ ।
विद्यार्थी बढाउन, शैक्षिक गुणस्तर विकास र विद्यालयको आयआर्जन बढाउने उद्देश्यले विद्यालयले व्यावसायीक खेती सुरु गरेको हो । सामुदायिक विद्यालयको शिक्षण सिकाई र विद्यार्थी संख्या घटिरहेका समाचार आइरहँदा पश्चिमी रामेछापको खाँडादेवी गाउँपालिका ३ सित्खामा रहेको यस विद्यालयले विद्यार्थीको पढाइ–लेखाइसहित शिक्षक र अभिभावकलाई आय आर्जनको बाटोमा लगाएको छ ।
विद्यालयले बङ्गुर, माछा पालन र तरकारी खेती गरेको प्रधानाध्यापक भक्तबहादुर श्रेष्ठले बताउनुभयो । विद्यालयले गाउँपालिकाको थोरै बजेट र चन्दाका आधारमा बङ्गुर र माछा पालन लगायतका व्यवसाय गरी १० लाख रुपैयाँँ जम्मा गरेको छ । विद्यालयलको नजिकै ४० रोपनी जमिन भाडामा लिएर तरकारी तथा अन्य अन्नबाली लगाएको विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना माझीले बताउनुभयो ।
मुस्किलले चलिरहेको विद्यालयको आम्दानी बढेपछि विद्यार्थीलाई खाजा र आवासको सुविधा समेत दिइएको छ । त्यसपछि अघिल्लो वर्ष ७७ जना अनियमित विद्यार्थी रहेकोमा अहिले ८८ जना विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् ।
माझी समुदायका विद्यार्थीलाइ १–१ वटा बङ्गुर समेत प्रदान गरिएको छ । विद्यालयले जग्गा भाडामा लिएर लाखौँको खेती र कारोबार गर्न थालेकोमा अभिभावक पनि उत्साहित छन् । केही राम्रो गर्ने सोँच राख्ने हो भने सामुदायिक विद्यालयले विद्यार्थी र समुदायको सहयोगमा अब्बल बनाउन सक्छन् भन्ने उदाहरण जगनीस्थान आधारभूत विद्यालयले देखाएको छ ।
One thought on “आम्दानी र विद्यार्थी बढाउन व्यावसायिक खेती गर्दै सामुदायिक विद्यालय”
Comments are closed.
Bishnu Gautam says:
समस्या हाम्रा हुन् समाधान पनि हामी संगै छन् त्यसलाई लत्याएर सधै विदेशीहरुको दानको आशमा अगाडी बढी रह्यौं। परिणामत यतिबेला हामी अघोषित रुपमा पर निर्भर छौं। यति राम्रो कदम चलेकोमा रामेछापको खाडादेवी गाउँपालिका वडा नम्वर ३ मा रहेको जगनीस्थान आधारभूत विद्यालय परिवारलाई उच्च सम्मान।