यौनसम्पर्कबाट फैलने नयाँ रोग सार्वजनिक, अहिलेसम्मका कुनै पनि औषधि प्रभावहीन

एक जना बेलायती पुरुष यौन रोग सुपर गोनोरियाका सबैभन्दा गम्भीर मामिलाको शिकार भएका छन्। यी पुरुषका बेलायतमा एक जना नियमित साथी छन्। तर उनले दक्षिण पूर्व एसिया यात्राका क्रममा एक जना महिलासँग सेक्स सम्बन्ध कायम गरेका थिए, जसबाट उनलाई यो रोग लागेको हो ।

पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार यो पहिलो घटना हो, जसलाई एन्टिबायोटिक्सबाट ठिक पार्न सकिँदैन । स्वास्थ्यकर्मी अब ती पुरुषलाई कुनै अर्को सम्भावित सेक्स पार्टनर खोजि गरिरहेका छन् ताकि यो रोगको संक्रमण फैलिनबाट रोक्न सकियोस् ।

ती पुरुषलाई यो संक्रमण यही वर्ष भएको हो । अहिलेसम्म दिइएको एन्टीबायोटिक उपचार रोग निको पार्न असफल सावित भएको छ।

पब्लिक हेल्थ इंग्ल्याण्डसँग सम्बन्धित डाक्टर ग्वेन्डा हग्स भन्छन्–यो महिलो घटना हो, जसमा आमरुपमा प्रयोग गरिने एन्टबिायोटिकले गर्न असक्षम भएको छ।

विश्व स्वास्थ्य संगठन र युरोपियन सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार यो संसारमा आफ्नै प्रकारको पहिलो घटना हो ।

के हो गोनोरियाको लक्षण ?

यो रोग निस्सिरिया गोनोरिया नामको एउटा ब्याक्टेरियाबाट फैलन्छ ।यो संक्रमण असुरक्षित यौन सम्बन्ध, ओरल सेक्स र अप्राकृतिक सेक्सबाट फैलने गर्दछ ।

जुन मानिसमा यसको संक्रमण हुन्छ उनीहरुमध्ये हरेक दशमध्ये एक हेस्ट्रोसेक्सुअल पुरुष, तीन चौथाईभन्दा बढी महिला, समलैंगिक पुरुषहरुमा यसको लक्षण देखिँदैन ।

यसको लक्षणहरुमा यौन अंगमा गहिरो हरियो रंगको द्रव्य निस्कनु, पिसा वगर्ने क्रममा पीडा हुनु र महिलाहरुमा महिनावारीको दुई अन्तरालबीच रक्तश्राव हुनु हो ।

यदि यो संक्रमणको उपचार गरिएन भनेयसले बाझो बनाउन सक्दछ, यौन अंगमा सुजन र जलन हुन सक्दछ र गर्भावस्थाका क्रममा यो रोग बच्चामा पनि पुग्न सक्दछ।

सुपरबग नबनोस…

जुन पुरुषमा गोनोरियाको यो निकै गम्भीर मामिला देखिएको छ, त्यसको विश्लेषणबाट थाहा हुन्छ कि एउटा एन्टीबायोटिक त्यसमा काम गर्न सक्दछ ।

अहिलेका लागि उक्त पुरुषको उपचार चलिरहेको छ र आगामी महिना थाहा हुनेछ कि यसको उपचार सम्भव हुने छ कि छैन ।

अहिलेसम्म यसप्रकारको कुनै पनि घटना सार्वजनिक भएको छैन । पीडित पुरुषकी बेलायती यौन पार्टनरमा पनि यो रोग देखिएको छैन । यद्यपि स्वास्थ्य विभागले छानविन जारी राखेको छ।

डाक्टर हग्स भन्छन्–हामी यो मामिलालाई गम्भीर रुपमा हेरिरहेका छौ ताकि संक्रमणको प्रभावी तरिकाले उपचार हुन सकोस् र यसलाई अरुमा फैलनबाट रोक्न सकियोस ।

डाक्टरहरुले लामो समयदेखि चेतावनी दिइरहेका थिए कि यस्तो गम्भीर मामिला पनि आउन सक्छ ।यो डरले स्पष्ट पारेकोछ कि हुन सक्छ कि यो संक्रमण सुपरबग नबनोस् र यसमा एन्टीबायोटिक प्रभावहीन नहोस्।

ब्रिटिश एसोसिएसन अफ सेक्सुअल हेल्थ एण्ड एचआइभीका अध्यक्ष डाक्टर ओलवेन विलियम्स भन्छन्–एन्टीबायोटिकलाई प्रभावहीन सावित गर्ने गोनोरियाको यो घटना चिन्ताको विषय हो । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..