अशान्ति मच्चाउने काम नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

जैन धर्मका प्रवर्तक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा बिहीबार राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

नेत्र विक्रम विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिलाई तिब्रता दिईरहेका बेला प्रधानमन्त्री ओलीले कसैले आफ्नो स्वार्थ, अंह र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाव सरकारलाई स्वीकार्य नभएको बताए।

प्रधानमन्त्री ओलीले शान्ति तर्फको एउटा पाईला अन्र्तगत महाविर जैनको जन्मदिनमा काटमार नगर्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि लैजाने विश्वास दिलाए । समाजलाई भड्काएर ,उचालेर ,कुबाटोमा धकेल्ने तत्व हावि हँुदै जाँदा समाजमा अशान्ति छाउने भन्दै उनले शान्ति, सद्भाव र मित्रताको सिद्धान्तलाई निरन्तरता दिन पनि आग्रह गरे । उनले भने “शान्ति सुरक्षा त सरकारले गर्छ । जब मानिस आफै शान्ति स्थापना गर्न चाहन्छ तब अपराध बाट अलग हुन चाहन्छ आफु जे चाहन्छु अर्काले त्यही चाहन्छ भन्ने सोच्छ, मानिस आफै आत्मानुशासित हुन्छ तब शान्तिका लागि अतिरिक्त कुनै गर्नु नै पर्दैन ।”

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भईरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने बताए ।

उनले सनातन मुल्य मान्यताको परिधि भित्र रहेर सहअस्तित्वको अभियानलाई सबैले आ आफ्नै स्थानबाट संकल्पका साथ अघि लैजानुपर्नेमा जोड दिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..