आमाको उपचार गर्न काठमाडौ आएकी युवती नक्क्ली डाक्टरबाट बलात्कृत

काठमाडौ । आमाको उपचार गर्न काठमाडौ आएकी युवती काठमाडौमा बलात्कृत भएकी छन् ।

काठमाडौमा रहेको गंगलाल अस्पतालमा आमाको उपचारका लागि आएकी २३ वर्षिय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी हुन् ।

आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भई हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । काठमाडौ प्रहरी परिसरका अनुसार आमाको उपचारमा सहयोग गर्छु भन्दै युवतीलाई झुक्काएर कोइरालाले करणी गरेका हुन् ।

कोइरालाले बयानका क्रममा आफूले जबरजस्ती करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनलाई आज जिल्ला अदालतबाट ५ दिनलाई म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरी वृत्त, महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..