प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल लगिएको छ । शनिबार मृगौलाको डायलाइसिसको क्रममा असहज महसुश गरेका ओलीलाई आइतबार आराम गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि सोमबार बिहान ग्राण्डी अस्पताल लगिएको हो ।

मिर्गौलाको नियमित डायलाइसिस गरिरहेका प्रधानमन्त्री केपी ओलीले आइतबारका सबै कार्यक्रम स्थगित गरेर आराम गरेका थिए । गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराएका थिए।

शनिबारको डायलाइसिसका क्रममा ओलीले केही असहज महसुस गरेको बालुवाटार स्रोत बताउछ । डायलाइसिसका क्रममा असहज महसुस गरेपछि प्रधानमन्त्रीलाई चिकित्सकहरु आइतबार दिनभर आराम गर्न सुझाव दिएका थिएका थिए । चिकित्सककै सल्लाह बमोजिम उनले आइतबारको पूर्व निर्धारित सबै कार्यक्रम रद्द गरेका थिए ।

चिकित्सकहरुले उनलाई धपेडी हुने काम नगरी आराम गरेर बस्न सुझाएका छन् । डायलाइसिस सुरु गरेपछि चिकित्सकहरुले यसअघि नै पर्याप्त आराम गर्न सुझाव दिए। तर उनले वास्ता नगरी एक घण्टा भन्दा लामा भाषण गरिरहेका छन् । आरामका लागि समय नछुट्याएर राजनीतिक र व्यक्तिगत भेटघाटमा दौडधुप गर्न थालेपछि पछिल्लो समय ओलीमाथि चिकित्सकहरुले निगरानी बढाएका छन् ।

Loading...

One thought on “प्रधानमन्त्री ओली अस्पताल भर्ना

Comments are closed.

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..