‘लकडाउन’ वुहानः टोईलेटको पानी पिउन बिबस नेपाली विद्यार्थी

‘लकडाउन’ वुहानः टोईलेटको पानी पिउन बिबस नेपाली विद्यार्थी 1

नोवेल कोरोनाभाइरसको उदगम थलो वुहान अहिले ठप्प छ । यातायातलाई पुरै बन्देज गरीएको छ । अझै कति दिन यस्तै अवस्थामा रहने हो भन्ने कसैलाई थाहा छैन।

बाहिर गए संक्रमण फैलिने डरले चीनले हुवेई प्रान्तलाई नै ‘लकडाउन’ गरिदिएको छ।

बाहिर निस्किन नपाए पनि चिनियाँहरू त आफ्नो देशमा जसोतसो बसिरहेका छन् तर पढ्न र कामको शिलशिलामा वुहान पुगेका नेपालीलाई कोठाको बसाइँ जेलजस्तो भइरहेको छ।

उनीहरूलाई त्यहाँ बस्ने मन छैन तर चाहेर पनि बाहिर निस्कन सक्दैनन्। सरकारले नल्याएसम्म उनीहरू आफ्नै देश पनि फर्किन पाउँदैनन्।

अचेल वुहानमा बस्ने झन्डै १ सय ८० जना नेपाली आफूहरूलाई लिन जहाज कहिले आउला भन्दै कुरेर बसेका छन्।
नेपाल फर्किन चाहनेले अनलाइनमा फाराम भर्नु भनेको बेइजिङस्थित नेपाली दूतावासले जहाज कहिले आउँछ केही जानकारी दिएको छैन।

तीन साता बित्न लाग्दा कोठाभित्र थुनिएका नेपालीको कति दिन यहाँ बस्नुपर्ने होला भनेर मानसिक तनाव बढ्न थालेको छ भने कोठाभित्रको खानेकुरा र अन्य चाहिने सामग्री सकिँदैछ।

वुहानस्थित विद्यार्थीहरुले भने पानी खानपनि मनग्गे पाएका छैनन् । प्राप्त जानकारी अनुसार उनिहरुले खाने कुराहरु प्राप्त गर्न कमसेकम चार देखी पाँच दिन अनलाईन अर्डर गर्नुपर्छ । अनिमात्र राजदुतावासले खानेकुरा ल्याईदिन सक्छ ।
कोठामा पानी नभएका कारणले आफुहरुले टोईलेटमा आउने पानी दुईपटक गरेर उमालेर खाईरहेका छन् ।
‘लकडाउन’ वुहानः टोईलेटको पानी पिउन बिबस नेपाली विद्यार्थी 2
तीन साता बित्दा पनि सरकार उनिहरूलाई ल्याउन ठोस कदम चाल्न सकेको छैन् ।

अधिकारीहरू नेपाली फिर्ता ल्याउनेबारे तयारी भइरहेको बताउँछन् तर ठ्याक्कै जहाज कहिले जान्छ भन्न सकेका छैनन् ।

माघ २३ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको सरोकारवाला मन्त्रालयको बैठकमा प्रधामन्त्री केपी शर्मा ओलीले एक साताभित्र चीनबाट विद्यार्थी ल्याउने तयारी गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउनेलाई राख्न क्वारेन्टाइन बनाइरहेको छ।

नेपाल एयरलाइन्सले उद्धारमा निगमको वाइडबडी जहाज जाने निश्चित भए पनि मिति टुंगो नलागेको बताएको छ।

वुहान हुँदै हुवेई प्रान्तमात्र होइन संसारभरि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ९ सय १० जनाको ज्यान लिइसकेको छ। ४० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।

चीनको हुबेई प्रान्तमा झन्डै पाँच करोड ६० लाख मानिस बस्छन्। यी सबै जना अहिले घरको कोठाभित्र थुनिएका छन्।

Loading...

One thought on “‘लकडाउन’ वुहानः टोईलेटको पानी पिउन बिबस नेपाली विद्यार्थी

Comments are closed.

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..