ती ८ संकेत, जसले तपाईंको सम्बन्ध धरापमा परेको जनाउँछ

अचेल मानवीय सम्बन्धहरुको प्रकृति अस्थायी बन्दै गएको छ। तैपनि मानिसहरु आपसी सम्बन्धलाई टिकाउन भरमग्दुर प्रयास गरिरहेका छन्। कतै तपाईंको सम्बन्ध पनि खतरामा त छैन? पढ्नुस् ८ संकेतः

१. सामाजिक सञ्जालमा सम्बन्धबारे कुरा गर्नु

सामाजिक सञ्जालमा आपसी सम्बन्धबारे कुराकानी सुरु भयो भने त्यसलाई सम्बन्धमाथि प्रश्नचिन्ह उठ्न सुरु भएको संकेतका रुपमा लिइन्छ। सम्बन्धको सबैभन्दा बलियो प्रमाण हो, सामाजिक सञ्जालमा त्यसको कुनै चर्चा नहुनु। त्यसैले फेसबुक, ट्विटर आदिमा पोस्ट गर्दा विचार पुर्‍याउनु राम्रो हुन्छ।

२. साथीभाइ तथा परिवारका सदस्यसँग कुरा नमिल्नु

यदि तपाईंको पार्टनरको परिवार तथा साथीभाइसँग फिटिक्कै कुरा मिल्दैन भने सोच्नुहोस्, तपाईंको सम्बन्ध धरापमा छ।

३. कुनै पनि काम गर्न असमर्थ हुनु

तपाईं आफ्नो पार्टनरसँग हुनुहुन्छ र कुनै पनि काम गर्न असमर्थ हुनुहुन्छ भने त्यो तपाईंको सम्बन्धका लागि घातक हुनसक्छ। मानिसले आफ्नो सम्बन्धलाई निरन्तरता दिन र त्यसमा उर्जा थप्न कुनै न कुनै काममा व्यस्त रहनुपर्ने हुन्छ। त्यसैले कसैको उपस्थितिमा तपाईं वा तपाईंको पार्टनर केही पनि गर्न सक्नुहुन्न र त्यत्तिकै बसिरहनुहुन्छ भने त्यो सम्बन्ध लामो समय नटिक्ने संकेत हो।

४. सम्बन्धको भविष्यप्रति तपार्ईंमा सन्देह छ?

तपार्ईं आफूलाई के प्रश्न सोध्नुहुन्छ? त्यसैमा तपार्ईंको सम्बन्धको भविष्य लुकेको हुन्छ। ‘के मैले विवाह गर्नु ठिक होला?’ वा ‘के मैले ब्रेकअप गर्न ठिक होला?’

पहिलो भेटमै गहिरो प्रेममा पर्नु उचित होइन तर विवाह वा ब्रेकअपजस्ता ठूला कुरामा सन्देह हुनुको अर्थ हो, तपार्ईंको सम्बन्ध अन्त्यको निकट छ।

५. पार्टनरसँगको कुरा महत्वहीन लाग्नु

तपाईं आफ्नो पार्टनरसँग कुरा गरिरहनुभएको छ र उनको कुरा तपार्ईंलाई महत्वहीन लागिरहेको छ भने यो तपार्ईंहरुबीचको प्रेम ओरालो लागेको संकेत हो। हुनसक्छ, आज तपाईंलाई पार्टनरको कुरा महत्वहीन लाग्छ, भोलि पार्टनर नै महत्वहीन लाग्ने दिन आउँदैन भन्न सकिन्न।

६. अत्यधिक नकारात्मक अन्तरक्रिया

भनिन्छ, कुनै पनि सम्बन्धमा एक नकारात्मक अन्तरक्रिया (तर्कवितर्क, बाझाबाझ, रुवाइ) बराबरी पाँच सकारात्मक अन्तरक्रिया (प्रशंसा, सहमति, सम्मान) हुनुपर्छ। तब मात्रै सम्बन्ध दीगो बन्दछ। यदि कुनै पनि जोडीले आपसमा अत्यधिक असहमति जनाउने र नकारात्मक अन्तरक्रिया गर्दछन् भने उनीहरुको सम्बन्ध धेरै नटिक्ने विश्वास गरिन्छ। आपसी सम्बन्धलाई कायम राखिराख्न कति मेहनत र लगाव आवश्यक हुन्छ, यसैबाट प्रस्ट हुन्छ।

७. आरोपप्रत्यारोप

तपाईं पार्टनरसँग कुनै गम्भीर विषयमा छलफल गरेर त्यसलाई टुंगो लगाउन चाहनुहुन्छ तर उनी तपार्ईंलाई चुप लाग्न बाध्य बनाउँछन् वा सबै आरोप तपार्ईंमाथि थोपरेर आफू पानीमाथिको ओभानो बन्छन् भने सम्झिनुस्, तपार्ईंको सम्बन्ध भीरको डिलमा पुगिसकेको छ। आफूले गल्ती गरेको कुरा स्वीकार्न नसक्ने मानिसले स्वस्थ सम्बन्ध कायम राख्नै सक्दैन।

८. यी संकेतहरुलाई बेवास्ता

यदि तपाईंको सम्बन्धमा माथि चर्चा गरिएका संकेतहरु देखिएका छन् र तपाईं तिनलाई सानातिना कुरा सम्झेर बेवास्ता गर्नुहुन्छ भने त्यो तपाईंको सम्बन्धमाथि खतरा आइलागेको अर्को संकेत हुनसक्छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..