मस्को । रुसले अमेरिकाका ६० कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय लिएको छ ।
अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको जवाफमा रुसले पनि यो निर्णय लिएको हो । उसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ ।
ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न एक हप्ताको समय दिइएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जस्तालाई तस्तै जवाफ दिइएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले भने रुसको यस कदमले ऊ अरु देशसँग राम्रो सम्बन्ध चाहन्न भन्ने पुष्टि भएको प्रतिक्रिया दिएको छ ।
अमेरिकाले यसै हप्ता ६० रुसी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्नुका साथै सियाटलस्थित कन्सूलर कार्यालय बन्द गराएको थियो ।