श्रीमानले हानेको गोली लागेर श्रीमती ठहरै, गोली हान्ने श्रीमान प्रहरी नियन्त्रणमा

बाँके । बाँकेमा श्रीमानले गोली प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

डुडुवा गाउ“पालिका ३ का सञ्जय कुमार बर्माले २८ बर्षिया श्रीमती शान्तिदेवी बर्माको गोली प्रहार गरेर बिहीबार राती हत्या गरेका हुन् ।

बा“के प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बाह्र बोरको बन्दुकबाट सञ्जयले गोली प्रहार गरेर श्रीमतीको हत्या गरेको बताए । उनका अनुसार शान्तिदेवीको शरिरको २ स्थानमा गोली लागेको छ, भने घटनास्थलबाट समेत २ वटा गोलीका खोका समेत फेला परेको छ ।

बाह्र बोरको बन्दुक लाइसेन्सप्राप्त रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने सञ्जयलाई राती नै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..