नेकपा निकट प्रवासी नेपाली एकता मञ्चको अध्यक्षमा हवलचन्द्र लामा

नेकपा निकट प्रवासी नेपाली एकता मञ्चको अध्यक्षमा हवलचन्द्र लामा 1

जापान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जापानस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले जापानमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च जापान गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा हवलचन्द्र लामा र सचिवमा सालिकराम भण्डारी रहेका छन् भने सदस्यहरुमा सिद्धार्थ श्रेष्ठ, राजकुमार पण्डित, राजेन्द्र श्रेष्ठ, परशुराम बस्नेत, बिकास पौडेल, पशुपति गिरी, मोहनसिंह रायमाझी, कुलचन्द्र खरेल, सुरेश केसी, अनु थापा, अशोक चन्द्र भण्डारी, बाबुराम भन्डारी, महेन्द्र अधिकारी, गम्भिरजंग बस्नेत, तुलसी पाठक, हरी लामिछाने, बेलुकाजी थापा, हर्क थापा, भवानी पन्त, अरुण श्रेष्ठ, मोहन पौडेल, श्यामहरी पाण्डे, बाबुराम पौडेल, जनक सुवेदी, श्रवण सत्याल, राम कृष्ण भन्डारी , बिश्वेश्वर रेग्मी, कालिका थापा, सजिना मोक्तान तामाङ, नरबहादुर थापा, दावा शेर्पा, अर्जुन ढकाल र बिनुका खड्का रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह(ईन्चार्ज लक्ष्मण पन्तलाइ ९दक्षिण पूर्वी तथा पूर्वी एशिया०, अध्यक्ष युवराज चौलागाइलाई ९ ओसिनिया० सचिव श्रीप्रसाद साह ९पश्चिम एशिया० र सदस्य तिलबहादुर वि।क लाइ ९दक्षिण एशिया० को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

Loading...
raj shrestha
pw_aawaj@hotmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..