वाइडबडी जहाज वुहानका लागि उड्यो

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा हरेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यतातिर उडेको छ ।  शनिबार नेपाली समयअनुसार अपह्न ४ बजेर १ मिनेटमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाटवाइडबडी जहाज वुहानका लागि उडेको हो ।

चीन गएको विमानमा १ विदेशी र १ नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहेको बुझिाएको छ ।

चीनमा रहेका नेपालीहरु वुहान एयरपोर्टमा जम्मा भइसकेको बुझिएको छ । स्थानीय समयअनुसार राति ११ बजे वुहानबाट नेपाली नागरिकलाई लिएर जहाज काठमाडौं फर्कनेछ।

यो पनि हेर्नुहोस :खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा :चीनको वुहानबाट आज राति नेपालीलाई ल्याउने

उनीहरुलाई आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ । चीनबाट फर्किएका १८२ जनालाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..