अहिलेसम्म औठी दिएर कुनै व्यक्तिले कसैलाई प्रपोज गर्ने गर्दथ्यो । तर, प्रपोज गर्ने यो तरिका अब परिवर्तन हुन लागेको छ।
यदि इन्स्टाग्रामलाई मान्ने हो भने त बेलायतमा औंठी अब लगाउने कुरा रहेन, बरु औंलामै छेडेर टाँस्ने कुरा बनेको छ । केही मानिस अब आफ्नो प्रेम प्रकट गर्नका लागि स्थायी रुपमै औंला छेडेर औठी फिट गराइरहेका छन्।
यसलाई सिंगल प्वाइन्ट पियर्सिंग वा डर्मल पियर्सिंग भन्ने गरिन्छ ।यसका लागि शरीरमा छालामुनि एउटा टुक्रा हालिन्छ जसलाई एंकर भनिन्छ । यो एंकर औंठीसँग जोडिएको हुन्छ ताकि छालालाई यताउता नगरी औंठी आफ्नो स्थानमा टिकिरहोस् ।
यो औंठी शरीरमा खोपिएको बहुमूल्य हिरा वा पत्थरजस्तो देखिन्छ ।
मानिसहरु किन यसो गरिरहेका छन् ?
जहाँ बेलायतमा एउटा औंठीको मूल्य एक हजार पाउण्डभन्दा बढी हुन सक्दछ, यसरी औंला छेडेर लगाउने औंठीको मूल्य मात्र ७० देखि १०० पाउण्ड हुन्छ ।
स्वास्थ्यको हिसावले कति ठिक ?
छालाको रोगहरुसम्बन्धी काम गर्ने ब्रिटिश एसोसिएसन अफ डर्मेटोलजिस्टका अनुसार–यदि गहिरो प्वाल पारेर एंकर लगाइएन भने त्यो आफ्नो स्थानबाट यताउता हल्लिने सम्भावना रहन्छ । र, यदि बढी गहिरो प्वाल पारियो भने माथिको छाला मोटो हुन लाग्दछ । यसका साथै सुजन, इन्फेक्शन र पीडा पनि हुन सक्दछ ।
एसोसिएसनका अनुसार शरीरमा प्वाल पारेर जेसुकै लगाउनु मेडिकल प्रक्रिया हो र यस्तो कुनै चिकित्सकबाट मात्र गराउनु उचित हुनेछ । तर यस्तो भइरहेको छैन, किनभने डर्मल पियर्सिंगको काम आमा मानिसहरुले पनि गरिरहेका छन्।
यसरी प्वाल पारेर औंठी लगाउनुमा सबैभन्दा बढी मुश्किल त्यतिबेला हुन्छ, जब त्यो औंठी कुनै कुरामा फस्छ वा फेरि कपडा लगाउने क्रममा कपडामा अड्किन्छ ।
यी सबै कारणहरुबाट केही पियर्सिंग स्टुडियोहरुको भनाइ छ कि उनीहरु डर्मल पियर्सिंगको काम गर्ने छैनन् । उनीहरु आफ्नोमा आउने ग्राहकसँग यसबाट हुन सक्ने हानीका बारेमा कुरा गरिरहेका छन्। बीबीसी हिन्दीबाट