बाँसुरी बजाएकोमात्र समाचार,खै सरकारका राम्रा कामको प्रचार: प्रधानमन्त्री

बाँसुरी बजाएकोमात्र समाचार,खै सरकारका राम्रा कामको प्रचार: प्रधानमन्त्री 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने आफूले बाँसुरी बजाएकोमात्र आउने गरेको गुनासो गर्नु भएको   छ ।

काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘यति धेरै काम गरिरहेका छौं, तर समाचार खालि बाँसुरी बजाएको मात्र आउँछ । देश विकास भएको किन देखीसहँदैनन् ?

अहिले ‘दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको छ । सुशासनको काम, विकासको काम अघि बढाउँदा किन पिर परेको ? उहाँले आक्रोस व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले बिजुली, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने र यसबाट जनतालाई पनि सहज हुने बताउँदै भन्नु भयो , ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम गरेका छौं ।’

 

 

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..