मोटोपनले यसरी किड्नीको क्यान्सर निम्ताउँछ, यस्तो हुन्छ लक्षण

विशेषज्ञहरुका अनुसार बेलायतमा किड्नी क्यान्सरको प्रमुख कारण मोटोपन भएको बताएका छन् ।

क्यान्सर रिसर्च युकेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २००९ मा किड्नी क्यान्सरका ९ हजार बढी विरामी आएका थिए। सन् १९७५ मा यो संख्या २ हजार ३ सय मात्र रहेको थियो।

मोटोपनका कारण किड्नी क्यान्सरको खतरा झण्डै ७० प्रतिशत बढ्ने गरेको विशेषज्ञहरुले बताएका छन् । यही धुमपानका कारण किड्नी क्यान्सरको सम्भावना ५० प्रतिशत बढ्ने गर्दछ । क्यान्सर रिसर्च युकेका अनुसार निकै कमले मात्र मोटोपनका कारण पनि क्यान्सर हुन सक्दछ भन्ने मान्दछन् ।

पिसावाम यदि रगत आइरहेको छ भने तपाई पनि सावधान रहनुस् । किनभने यो किड्नी क्यान्सरको संकेत पनि हुन सक्दछ । समयमै रोग पत्ता लाग्न सकेको खण्डमा सर्जरीको माध्यमबाट किड्नी क्यान्सर निको पार्न सकिने विशेषज्ञहरुको भनाइ छ।

विशेषज्ञहरुका अनुसार वजन बढेको खण्डमा केवल किड्नी क्यान्सरको खतरा मात्र बढ्दैन यसबाट स्तन क्यान्सर र गर्भाशय क्यान्सरको खतरासमेत बढ्ने गर्दछ । मोटोपनका कारण मानिसको शरीरमा विशेष प्रकारको हर्मोन्स बग्ने र त्यसबाट अनेक रोग उत्पन्न हुने विशेषज्ञहरुको भनाइ छ ।

बेलायतका विगत ३५ वर्षमा धुमपान गर्नेको संख्या निकै कम भएको छ । तर, मोटोपनको समस्या बढिरहेको पाइएको छ। बेलायतका करिब ७० प्रतिशत पुरुष र ६० प्रतिशत महिला मोटोपनको शिकार बनेका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..