कालीगण्डकीमा बञ्जिमार्फत् पर्यटन प्रवर्द्धन गरिँदै

कालीगण्डकीमा बञ्जिमार्फत् पर्यटन प्रवर्द्धन गरिँदै 1

पर्वत । साहसिक पर्यटनमा चर्चा कमाउँदै गएको पर्वतको कालीगण्डकीमा बञ्जिजम्प निर्माण गरिएको छ ।

नेपालकै अग्ला ६ वटा झोलुङगेपुल, केवुलकार, दुर्लुङ क्यानोनिङ लगायतका मानवनिर्मित पूर्वाधारले पर्यटक आकर्षित भईरहेका बेला बञ्जिजम्पले पर्वतमा पर्यटकको सङ्ख्या झनै बढाउने अपेक्षा गरिएको छ । एकातिर कुश्मा बजार, अर्कोतिर बागलुङको बलेवा ।

बिचमा बग्छ, कालीगण्डकी । दुई जिल्लाको डिल जोड्नेगरी पुल हालिएको छ । पुलबाट बञ्जिजम्प अर्थात् खुट्टामा डोरीले बाँधेर सुरक्षित तरिकाले ५ सय २५ मिटर तल खोंचमा हामफाल्दा सिन्धुपाल्चोकका राजु कार्कीसँग डर र उत्साह दुवै थियो ।

बञ्जिमा आफूले निकै आनन्दको महसुस गर्न पाएको उहाँले सुनाउनुभयो । कालीगण्डकी नदीमाथी पर्वतमा बञ्जिजम्प बनाएर सफल परिक्षण गरिएको छ ।

सिन्धुपाल्चोकका राजु कार्की र पर्वतका युवा व्यवसायी समेतगरी ११ जनाको लगानीमा विश्वकै नमुना दाबी गरिएको बञ्जी सञ्चालनको तयारीमा छ । बञ्जिजम्प सञ्चालक नेत्र पराजुली सम्पूर्ण काम सकिंन अझै बाँकी रहेको बताउनुहन्छ । लगानीकर्ताहरुले बञ्जि सहित स्वीङ, साईकिलिङ, रिसोर्ट लगायतका पूर्वाधारमा करिब २० करोड लगानी गरेका छन् ।

बञ्जिजम्पसँगै पर्वतमा सहासिक पर्यटनमा नयाँ आयाम थपिएको यहाँका व्यवसायीले बताएका छन् । बञ्जिका लागि आउने पर्यटकलाई लक्षित गरि ३ दिनसम्मको टे«किङ प्याकेज बनाइने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्धार पनि हो ।

उत्तर–दक्षिण छिमेकी मुलुक जोड्न निर्माणाधिन कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएपछि भारतिय र चिनिया पर्यटक बढी आउने पर्यटन प्रवर्दन समिति पर्वतका अध्यक्ष मनोहर वि. पौडेल बताउनुहुन्छ । बञ्जिलाई लक्षित गरि कुश्मामा नयाँ नयाँ होटलहरू खुल्ने क्रम पनि बढेको छ ।

जिल्लामा ६ वटा नेपालकै अग्ला र लामा पुल, कुश्मा– बलेवा यान्त्रिक पुल समेत पर्यटक आकर्षित गर्ने स्थल हुन् । साहसिक पर्यटनका लागि बञ्जिजम्प पनि थपिएपछि पर्वतमा पर्यटक बढ्ने र सु्स्ताएको कुश्माको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।

loading...
Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: