हामीले पनि केही सिक्ने कि ? दुवै हातखुट्टा नभएका निक यसरी सबैका लागि प्रेरणाका किरण बने

दुई संस्थाका प्रमुख ३१ वर्षीय निक भुजिकिकको दुवै हात र दुवै खुट्टा छैन । तैपनि जन्मैदेखि यो विकलांगतासँग झुझेका निकसँग हौसलाको कुनै कमी छैन।

संसारभर मोटिभेशनल स्पीकरका रुपमा चर्चित निकको जीवन कहानी उदाहरण बनेको छ, जो लाखौं मानिसलाई जीवनमा अघि बढ्न प्रेरणा दिने गर्दछ। दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका निकले सफलताको प्रेरणापुञ्ज खोजी गरेरै छाडे जो आम मानिसहरुमा पाइँदैन ।

निकको जन्म अस्ट्रेलियाको मेलबर्नमा भएको हो । जन्मैदेखि न त उनको हात थियो न त खुट्टा नै । यस्ता बालकको जन्म भएपछि आमाबाबु मात्र होइन, डाक्टरहरु पनि आश्चर्यमा परेका थिए । किनभने मेडिकल साइन्ससँग यसको कुनै उत्तर थिएन ।

बीबीसीका कैपिटलसँग कुरा गर्दै निकले भने–अहिलेसम्म पत्ता लाग्न सकेको छैन कि मलाई किन यस्तो भयो ।

पछि थाहा भयो कि निक टेट्रा–एमेलिया सिन्ड्रोम नामको एउटा दुर्लभ प्रकारको जन्मजात विरामीको शिकार बनेका थिए । यद्यपि बायाँतर्फ सानो खुट्टा भएका कारण उनलाई बस्न र सन्तुलनमा रहन सहयोग पुग्यो । तर, दैनिक कामकाजका लागि सबै कठिनाइ छँदै थियो । ब्रश गर्न देखि शौचालय जानसम्म समस्या ।

उनी हौसलाका साथ यो सबै समस्यासँग जुझिरहे । त्यसैले उनको परिश्रमले रंग ल्यायो । अहिले उनी कुनै पनि आम मानिसजस्तै टाइप गर्न सक्छन् । आफ्नो औलाको बिच सामान फसाउँछन्, बललाई किक हान्न सक्छन्।

त्यति मात्र होइन उनी दैनिक रुपमा पौडी खेल्छन् । पानीको सतहमा सर्फिङ्ग गर्छन् र स्काई डाइभिङ गरेर रोमाञ्चक रमाइलो पनि लिन्छन् । पौडीका बारेमा निक भन्छन्–यसबाट मलाई नयाँ उत्साह प्राप्त हुने गर्दछ । म स्वयमलाई चुस्त र ताजापन महशुस गर्दछु ।

तर यो सब यति सहज भने थिएन । एक समय थियो कि उनी डिप्रेसनमा डुबेका थिए । मेलबर्नको जुन स्कुलमा उनी पढ्थे, त्यहाँ सहपाठीहरु उनलाई हाँसोका पात्र बनाउँथे । यो सबै यति असहनीय थियो कि उनले दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका थिए ।

१७ वषको उमेरमा उनका हाइस्कुलका सफाई तथा राखनधरन इन्चार्चले उनलाई निकै प्रेरित गरे कि सार्वजनिक रुपमा ब्याख्यान दिन सल्लाह दिए ।

निकले उनका बारेमा भने–मेरो उनीसँग मित्रता भयो । उनले मलाई भने–तिमी स्पीकर बन्नुपर्छ । मैले भने–के म बोल्नेछु ? तब उनले भने कि–तिमीले आफ्नो कथा अरुलाई बताउनुपर्छ ।

यही सल्लाहले निकको भविष्य परिवर्तन गरिदियो । उनले सकारात्मक व्यवहार अपनाउन सुरु गरे । त्यसयता निकले संसारभरमा कयौ ब्याख्यान दिएका छन् । करिब ५० मुलुकमा विगत १५ वर्षदेखि निकले हजारौ ब्याख्यान दिउका छन् ।

उनले आफ्नो अनुभवमा आधारित पुस्तक ‘मेमायर लभ विदाउट लिमिट्स’ पनि लेखेका छन् । निक हाल लाइफ विदाउट लिंब्स र एटीच्युट इज एटीच्युड नामक दुई संस्थाका प्रमुख छन् । यो संस्थाले संसारभर विकलांग व्यक्तिबीच आशा र भरोसा लगाउने काम गर्दछ ।

विकलांग व्यक्तिका लागि निक एउटा आशाका किरण हुन् । निक भन्छन् कि विकलांग व्यक्तिलाई व्हील चेयर दिने वा उनका लागि कुनै भवन बनाएर परिर्वत आउन सक्दैन। उनीहरुलाई भरोसा दिनु आवश्यक छ कि तपार्य केही गर्न सक्नु हुन्छ ।

निक भन्छन्–जब अन्य मानिस आफ्नो सपना पूरा गर्न सक्छन् तब हामीले पनि कोशिस गर्नु आवश्यक छ। म आफ्नो तर्फबाट पूरै कोशिस गर्छु, हामीले अवश्य कोशिस गर्नुपर्छ ।

निक विकलांग व्यक्तिहरुसँग अपिल गर्छन्–कहिले पनि कोशिस गर्नदेखि डराउनु हुन्न । असफलतादेखि डराउनु हुन्न । र कुनै कुराका लागि हिच्किचाहट पनि गर्नु हुन्न । कुनै कुराका लागि लाज मान्न पनि हुन्न ।

निक अहिले अमेरिकाको लस एञ्जल्समा बस्छन् । उनी पत्नी केन र दुई वर्षका छोरा छन् । यही वर्ष उनी दोस्रो सन्तानका बाबु बन्दै छन् । स्पष्ट छ कि जीवनको यात्रामा सबै प्रकारका समस्याहरुका बावजुद निक न कतै रोकिए त उनलाई कसैले रोक्न नै सक्यो । एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..