यस्तो छ कक्षा ३ का नौ वर्षीय बालकको ‘डग बुक’

बृहस्पति विद्यासदन स्कुल, नक्साल, काठमाडौंमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालक नयन घिमिरे लिखित ‘डग बुक’ विद्यालयमा आयोजित एक विशेष समारोहबीच विमोचित भएको छ ।

वरिष्ठ बालसाहित्य लेखक गोपाल पराजुली, बृहस्पति विद्यासदन स्कुलका प्रमुख सल्लाहकार मुरारीनिधि तिवारी, सोही विद्यालयका प्रिन्सिपल सुमन थिङ लामा र एकेडेमिक कोअर्डिनेटर कुमार थापाद्घारा संयुक्त रुपमा विमोचित उक्त कृतिमा विभिन्न ३४ किसिमका कुकुरहरुको तस्बिरसहित संक्षिप्त परिचय समावेश भएको छ । यो किताब पूर्णतया रंगीन साजसज्जामा प्रकाशित गरिएको छ । किताबमा पाठकले विभिन्न जातका कुकुरहरुसम्बन्धी रोचक जानकारीहरु पढ्न पाउनेछन् ।

सानै उमेरदेखि कुकुरसम्बन्धी विभिन्न जानकारी लिन उत्सुक रहने बालक नयनले यो कृति तयार गर्दा आफूलाई निकै रमाइलो लागेको बताए ।

सानैदेखि कथा सुन्न र पढ्न असाध्यै रुचि राख्ने नयन घिमिरेले नेपाली र विदेशी लेखकका गरी एक हजारभन्दा बढी बालसाहित्य कृतिहरुको अध्ययन गरिसकेका छन् ।

उनी हरेक दिन नयाँ किताब पढ्न पाए हुन्थ्यो भनेर कुरिरहेका हुन्छन् । उनका मन पर्ने लेखकहरु रोल डाल, एनिड ब्लाइटन, हान्स क्रिस्चियन एन्डरसन, कनकमणि दीक्षित आदि हुन् । उनको मन पर्ने चित्रकार अविन श्रेष्ठ हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..