ढोंगी समाजसेवी, मजदुर पिराहा र ठग ब्यावसायी हुन कान्छाराम, अर्वौंको ठेक्का लिने ज्याला नदिने भन्दै गुहार

रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा ठेकेदार कान्छाराम तामाङ विरुद्ध मजदुरहरुले ज्याला नदिएको भन्दै उजुरी दिएका छन् । कान्छाराम कान्छाराम बिर्खेश्वर प्रा.लि. (जेभी) का संचालक हुन । अनेक बहाना गर्दै मजदुरहरुको पेटमा लात हानीरहेको मजदुरहरुले बताएका छन् ।

कान्छाराम ढोंगी समाजसेवी, मजदुर पिराहा र ठग ब्यावसायी भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । अर्बौको ठेक्का लिने र ज्याला नदिने  भन्दै न्यायका लागि मजदुरहरुले प्रसासन समक्ष गुहार मागेका छन् ।


सोलुखुम्बु जिल्लाको सीमाक्षेत्रमा एमबी दुगड हाइड्रो डिभिजनको लगानीमा लिखु–२ जलविद्युत आयोजना निर्माण भइरहेको छ । सोलुखुम्बु लिखुपिके गाउँपालीका मुख्य कार्यक्षेत्र भएको उक्त ग्लोबल हाइड्रो पावरका लागि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालीका स्थित ठाडोखोलादेखि सोलुखुम्बु जिल्लाको मार्बु दोभानसम्म झण्डै ७किलोमिटर मोटरबाटो निर्माण र रामेछापको उमाकुण्ड र सोलुको लिखुपिके गाउँपालिकाको सीमाखोला लिखु खोलामा पक्कीपुल बनाउने ठेक्का कान्छाराम बिर्खेश्वर प्रा.लि.ले पाएको थियो । तेजबहादुर तामाङ सडक–पर्खाल अनुभवी भएकोले उक्तनिर्माण कम्पनीका मुख्य सञ्चालक पूर्णबहादुर तामाङ (कान्छाराम), प्रबन्धनिर्देशक रेखबहादुर खत्री, सुरज बस्नेत, पेम्बा शेर्मा समेतको सबै र पुलवरिपरि पर्खालको काम (पेटी ठेक्का) गर्ने गरी मिति २०७४ चैत्र ५ गते र मिति २०७५ जेठ १४ मा छुट्छुट्टै कागज गरी ग्याबिन तारजाली भर्ने, मेशिनरी पर्खाल लगाउने, सडक सोलिङ, नाला बनाउने कामगर्ने जिम्मा लगाइ मजदुर खोजी काम गराएको खुलासा भएको छ ।

कामको विवरण : Excavation १.५६० घन मिटिर PCC ०.७८० घन मिटर, सोइलिङ, रोड सोइलिङ ६४४ घन मिटर, Cause way सोइलिङ १५९.८४० घन मिटर, ड्रेन सोइलिङ १६८.०२० घन मिटर, बाउन्ड्री वाला सोइलिङ १.५७ घन मिटर, त्यभ वाल ५६.६० घन मिटर, बाउन्ड्री वा १५.६० घनमिटर,Stair case १.९८० घनमिटर, ग्याबिन Toe ४५१.५० घनमिटर काम गरेको कान्छारामबिर्खेश्वर प्रा.लि. (जेभी) इन्जिनियरले तयार पारेको रिपोर्टका अनुसार पनि प्रष्ट भएको छ । मजदुर पक्षका साम्झौताकार तेज तामाङका अनुसार पटक पटक कान्छारामको घरमा गई पैसा दिन अनुरोध गर्दा एक वर्ष बितेको तर आफुले पैसा नपाएको बताउँदै आफ्नो घरबास उठ्न लागेको मजदुरलाई धेरथोर पैसा खोजेर दिएको बाँकीअझै धेरै पैसा मजदुरलाई दिनबाँकी रहेको भन्दै रुदै हिँडेका छन् । रामेछाप जिल्ला प्रशासन कार्यालयमा सिडियो लाई निवेदन दिँदै मजदुरको पैसा निकासा गर्न अनुरोध गरेका छन् ।

पछिल्लो समय कान्छाराम कन्स्ट्रक्सनको काम गरेका अधिकांश स्थानमा समस्या देखिएको छ । धेरै काम भएको छैन भने काम भएका ठाउँमा पनि गुणस्तरीय छैन भन्ने समाचार संचारमाध्यममा आईरहेका छन् ।
बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ गरेपछि देवसायर एन्ड कान्छाराम जेभीलाई जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयमा कारवाहीका लागि सिफारिससमेत गरिएको थियो ।
निर्माण गरेको भोलीपल्टै सडक भत्कियो : बदनाम ठेकेदार, किन पाँउछन् घरी घरी ठेक्का ?

कान्छारामनै ठेकेदार हुन जसले देशैभरि ठेक्कालिई अलपत्रपार्ने गरेका छन् । वानेश्वर तिनकुनेको ठेक्का रापसाप पार्नको लागि तत्कालिन भौतिक मन्त्रीलाई घरै किनिदिएका थिए । शेर बहादुरसँगै काम गरेको समकालीन नेता टिकट नदिई ५ करोडमा कान्छारामलाई टिकट दिएको कांग्रेस वृत्तमाहल्ला गरेका छन् । त्यस्तै पूर्वमा पनि ठेक्काअलपत्रपारेर बसेका छन् । जिल्ला भित्रैका मजदुरको पैसा नदिएर उनले मजदुरमाथि अन्याय गरेका छन्, उनीले समाजसेवाको नाममा भरखरै एम्बुलेन्स वितरण समेत गरेका थिए । यसै प्रसंगमा राज्यलाई ८० करोड कर नतिरेको भन्ने मैले पनि सुनेको भनेर कांग्रेसका युवा नेता रामहरी खतिवडाले बताउदै हिँडेका छन् ।

त्यस्तै उनका दाई अम्बर तामाङले निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आमाको लाशमाथि राजनीतिक गरेको आरोप लगाएका थिए । आफू नेकपा भएकै कारण भाईले आमालाई भेटन कांग्रेसमा प्रवेश गर्नुपर्ने शर्त राखेर राजनीति गरेको बताउदै तामाङले जीवनमै सबैभन्दा ठूलो पीडा आफ्नै सहोदर भाईले दिएकोसमेत बताएका थिए ।

One thought on “ढोंगी समाजसेवी, मजदुर पिराहा र ठग ब्यावसायी हुन कान्छाराम, अर्वौंको ठेक्का लिने ज्याला नदिने भन्दै गुहार

Comments are closed.

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..