केही मज्जाका चुट्किलाहरु

स्पीड

ट्राफिकः तपाई किन १८० को स्पिटमा गइरहनु भएको छ ?

हर्केः तपाईहरुले नै साइनबोर्ड राखेर लेख्नु भएको छ–याद राख्नुस् घरमा कोही तपाईको प्रतिक्षा गरिरहेको छ।

अक्टोपसमो भविष्यवाणी

प्रश्नः हजुरबा, फिफा फुटबल विश्व कप प्रतियोगिताका बारेमा पांल नामक अक्टोपस ले कसरी सटिक भविष्यवाणी ग-यो ?

उत्तरः यो त उ स्वयमलाई पनि थाहा छैन होला । उसले त गन्धको आधारमा कुनै एउटा खानेकुराको डिब्बा छान्ने गर्दछ। मुर्ख र अन्धविश्वासी मानिस अब यसको जेसुकै अर्थ लगाउन् ।

अन्तिम दिन

रमन– के तिमीलाई आफ्नो जीवनको अन्तिम दिन थाहा छ ?

समन–अँ, थाहा छ १ प्रत्येक दिनलाई आफ्नो अन्तिम दिन मानेर हिड…। एक दिन तिमी सही सावित हुनेछौ ।

सफल व्यक्ति

संजय– (निराजनसँग) अहिलेको दुनियाँमा सबैभन्दा सफल व्यक्ति को होला ?

निराजन–त्यही १ जसको पहिलो श्रीमतिका कारणबाट सफलता मिल्दछ र सफलताकै कारण दोस्रो श्रीमति प्राप्त हुन्छ।

ब्राण्ड एम्बेसडर

नरेश– म निकै ठुलो खेलाडीबन्न चाहन्छु ।तर यो मुहारका कारण मैले खेलाडी बन्ने आइडिया नै छोडिदिएँ ।

प्रेमिका– अनुहारको खेलाडीसँग केको लिनुदिनु ?

नरेश– छ नि… १ जिन्दगीभर मात्र खेल खेली बस्नुको के फाइदा ? म कुनै कम्पनीको ब्राण्ड एम्बेसडर त बन्नै सक्दिन नि ।

नयाँ व्यवहार

नयन–(चमनसँग) के तिमी रमनको नयाँ व्यवहार जान्दछौ ?

चमन–अँ !

नयन– भन त के हो ?

चमन–गत साता मात्रै रमन एक नर्सको प्रेममा पागल भयो । निकै सोचविचार गरेर उसले नर्सलाई प्रेम पत्र लेख्यो। थाहा छ–त्यसमा के लिखिएको थियो, ‘आई लभ यु सिस्टर….।’

डु नट युज

संजय राति दश बजे पेट्रोल पम्प गयो । त्यहाँ बोर्ड थियो–डु नट युज मोबाइल फोन हियर ।

संजयले तत्काल आफ्नो मोबाइल निकाल्यो र एकएक गरेर आफ्ना सबै साथीलाई फोन गर्दै भन्यो–भर्खरै मलाई फोन नगर्नु यहाँ मोबाइल प्रयोग गर्न निषेध छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..