सजिलै थाहा पाउन सकिने, यस्ता छन् क्यान्सरका आठ सबैभन्दा ठुला लक्षण

शोधकर्ताहरुले क्यान्सरका आठ यस्ता लक्षणहरुमाथि प्रकाश पारेका छन् जसलाई क्यान्सरसँग जोडेर हेरिने गरिन्छ र जसको ब्याख्या अहिलेसम्म ठिकसंग भएको छैन ।

क्यान्सरमा शोध गर्ने किले विश्वविद्यालयको टोलीले उमेरको कुन चरणमा मानिसमा देखिने क्यान्सरको लक्षणप्रति चिन्तित हुनु आवश्यक छ भनेको छ।

यी लक्षणहरुमा पिसावमा आउने रगत र रगतको कमीसम्बन्धी रोग एनिमिया पनि संलग्न छ।

दोस्रो लक्षण हो, दिसामा आउने रगत, खोक्दा आउने रगत, स्तनमा देखिने गाँठागुँठी, केही निल्नमा हुने समस्या, मिनोपासपछि रगत आउनु र प्रोस्टेट परिक्षणको असामान्य परिणाम ।

क्यान्सर रिसर्च युकेका अनुसार कुनै पनि व्यक्तिको स्वास्थ्यमा असामान्य परिवर्तनको जाँच हुनु आवश्यक छ।

शोधकर्ताहरुका अनुसार क्यान्सरको कुनै पनि लक्षण देखिएमा त्यसको जाँच तत्काल गराइहाल्नु पर्दछ। यसबाट क्यान्सर पत्ता लाग्ने र त्यसलाई रोक्ने कोशिस सहज हुनेछ।

क्यान्सर रिसर्च युकेका अनुसार यी लक्षणहरुलाई क्यान्सरको एक मात्र लक्षणका रुपमा हेर्न सकिन्न। क्यान्सर रिसर्च युकेका अनुसार क्यान्सरका यी लक्षण पहिलाबाटै महत्वपूर्ण मानिएको छ तर क्यान्सरका २०० भन्दा पनि बढी प्रकार छ। र, यसका कयौ अलग लक्षण पनि छन् ।

क्यान्सर रिसर्च युकेले जनाएअनुसार यदि तपाईमा क्यान्सरका यी लक्षण देखियो भने तपाईले तत्काल यसको जाँच गराउनु आवश्यक छ। क्यान्सर सुरुवाती चरणमै पत्ता लाथ्यो भने यसको उपचार सफल हुने सम्भावना बढी रहन्छ।

रोयल कलेज अफ जनरल प्राक्टिसनर्सका मानद सचिव प्रोफेसर अमान्दा हावेका अनुरार प्राथमिक शोधमा पहिला परिचित यी रातो झण्डावाल लक्षणहरुका बारेमा जानकारी मिल्नु उपयोगी हो । यसबाट डाक्टरहरुसँग आफ्नो रोगको लक्षणमा चर्चा गर्नका लागि रोगीलाई उत्साहित गर्न मद्दत पुग्नेछ। बीबीसी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..