अब काठमाडौमा मुख्यमुख्य चोकमा फ्रीमा वाइफाइ चलाउन पाइने

काठमाडौ । काठमाडौका ऐतिहासिक तथा पुरात्वात्विक लगाएत केहि क्षेत्रमा काठमाडौ महानगरपालीकाले फ्रि वाइफाइ सेवा सुरु गर्ने भएको छ ।

हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा काठमाडौ महानगरले फ्रि वाइफाइ सेवा सुरु गर्न लागेको हो । फ्रि वाइफाइ सेवा शुभारम्भ गर्न महानगरले आईतबार इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेशनसंग सम्झौता गरेको हो । सम्झौता अनुसार वल्र्ड लिंकले २ महिनाभित्र तोकिएका स्थानमा निःशुल्क वाइफाइ जडान गर्ने जनाएको छ ।

त्यस्तै फ्रि वाइफाइ सेवाको प्रभावकारिता अध्ययन गर्न महानगरको सूचना प्रविधि महाशाखा प्रमुखको संयोजकत्वमा सार्वजनिक निजी साझेदारी एकाइबाट १ जना र सम्बन्धित पक्षका प्रतिनिधि १ जना रहने गरी अनुगमन समिति हुने व्यवस्था गरिएको छ ।

सम्झौता कार्यक्रममा काठमाडौ महानगरका प्रमुख बिद्या सुन्दर शाक्यले आवश्यकता अनुसार बिभिन्न स्थानको अध्ययन गर्न क्षेत्र बिस्तार गर्ने बताउनुभयो । उहाले केहि समयपछि अनलाईन सेवा विस्तार पनि महानगरले तयारी गरिरहेको जानकारी दिनुभयो ।

फ्रि वाइफाइ सेवा सुरु भएपछि तोकिएको क्षेत्रमा प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वल्र्ड लिंकले हरेक क्षेत्रमा एक्सेस प्वाइन्ट २ देखि ११ वटा सम्म राख्ने जनाएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..