चोर्न गएको घरको सोफामा चोर निदाएपछि…

चोर्न गएको घरको सोफामा चोर निदाएपछि... 1

भारतको कर्नाटक राज्यबाट सुन्दन अनौठो लाग्ने समाचार बाहिरिएको छ । दक्षिण कन्नड क्षेत्रमा एक चोर चोरी गर्नको लागि भन्दै घरमा छिरेका थिए । तर रक्सीले फिटान भएर गएका उनले चोरी नगरी त्यहीँ सुतिरहे जसका कारण घरका मानिसले उनलाई नियन्त्रणमा लिएका छन् ।

त्यहाँको घर पसेको चोर एकदमै रक्सी मनपराउने स्वभावको रैछ । छतको टायर फुटाएर घरमा छिरेको चोरले साँचो खोज्न थाले । टिभी र्याकमा राखिएको चाबि फेला पारेका उनी सोफामा एकछिन पल्टिए ।

चाबी लिएर सोफामा पल्टिएका उनी त्यहीँ निदाए । बिहान घरका मानिस उठ्दा उनी सोफामा सुतिरहेका थिए । त्यसपछि उनलाई घरमालिकले प्रहरीको जिम्मा लगाए । घटनाबारे प्रहरीले अहिले अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..