‘द्वारिकादेवी ठकुरानी विश्वविद्यालय’ : गर्भमै तुहियो

काठमाण्डौ । १६ फागुन २०१५, नेपालको संसदले पहिलो निर्वाचित महिला सांसद पाएको थियो । उनी थिइन्–द्वारिकादेवी ठकुरानी।

नेपाल अधिराज्यको संविधान, २०१५ अनुसार १०९ निर्वाचन क्षेत्रमा ७ फागुन २०१५ मा भएको निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन् । निर्वाचन क्षेत्र नं। ६६ डडेल्धुराबाट नेपाली कांग्रेस तर्फबाट उम्मेदवार बनेकी उनले ३ हजार ९०३ मत प्राप्त गरेकी थिइन् ।

संघीय संसद सचिवालयबाट प्रकाशित ‘संसदमा महिला सहभागिता २०१५–२०७४’ पुस्तिकामा उल्लेख भए अनुसार द्वारिकादेवी निर्वाचित भएको मिति १६ फागुन हो ।

सांसद निर्वाचित भएसँगै नेपालकै पहिलो महिला मन्त्री पनि हुन् द्वारिकादेवी । वि।सं। १९७२ साल कात्तिकमा बुबा खरिदार वामदेव पन्त र आमा राधिकाको कोखबाट डोटीको जैनोली गाउँमा जन्मिएकी द्वारिका देवीको निधन १४ मंसीर २०५९ सालमा भएको थियो ।

द्वारिकादेवी २०१६ सालमा मन्त्री भएकी हुन् । ६ जेठ, २०१६ सालमा गठित मन्त्रिमण्डलमा उनले स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्रीको जिम्मेवारी पाएकी थिइन् । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो मन्त्रिमण्डलमा उनलाई उपमन्त्रीको जिम्मेवारी दिएका थिए ।

तत्कालीन कांग्रेस सभापति नै प्रधानमन्त्री भएका बेला १४ असोज २०७२ मा मन्त्रिपरिषदले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘द्वारिकादेवी ठकुरानी विश्वविद्यालय’ नामकरण गर्ने निर्णय गरेको थियो । तर त्यो कार्यान्वयनमा गएको पाईएको छैन् ।

सुदूरपश्चिम प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ संचालन गरिने भनेर करीब २ करोड बजेट विनियोजन गरेको छ । यस विषयमा पनि प्रदेश सरकार मौन देखिन्छ ।

हिमाल खवरमा, लक्ष्मी बस्नेतले लेखेको समाचारमा आधारीत

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..