अमेरिकी नागरिकले राजधानीकै ट्रमा सेन्टरबाट हामफालेर किन गरे आत्महत्या ?

काठमाडौ । काठमाडौं वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकी नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।

भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो ।

थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्याइएको थियो । आजका पत्रपत्रिकामा यो समाचार छापिएको छ ।

आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा पुगेर उनी हाम्फालेका थिए । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..