८ प्रकारका श्रीमान ? बिवाहित हुनुहुन्छ भने तपाई कुन प्रकारको श्रीमान ?

मानिसको स्वभाव आआफ्नै खाले हुन्छ । अझ मानिसको स्वभावमा स्थान, वातावरण र बसेको माहोलले पनि असर पार्दछ । त्यसैको प्रभाव मानिसको जीनमा पनि पर्दछ। त्यही परम्परा, संस्कार र संस्कृति मानिसको अभिन्न अंग बन्दछ । त्यही एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्दछ । त्यसैका आधारमा मानिसको वर्गीकरण पनि गर्ने गरिन्छ । त्यसैका आधारमा श्रीमान र श्रीमतीहरुको पनि वर्णन गरिएको पाइन्छ । यहाँ पनि त्यस्तै आधारमा श्रीमानका बारेमा गरिएको वर्णन प्रस्तुत गरिएको छ।

१. सोमरस पति

सँधै तीन घ्याम्पो रक्सी धोकेर घरमा आई स्वास्नी पिट्ने्र रक्सीको नशा चढेपछि घरकी स्वास्नी हो वा बाहिरीया आइमाई हो छुट्टयाउन नसक्ने्र भाँडोमा रगतको बान्ता नगरुन्जेल ठाडो बोतल लाउन नछोड्ने ।

२. शक्तिमान पति

बेलुकी घर आउँदा स्वास्नीले मासुको सितन र ठर्रा टेबुलमा ठिक पारेकी रहिनछ भने वा जुवामा हारेर आएको होस् वा भनेको मानिन भनेर होस् अथवा जेसुकै कारणले होस् घरकी स्वास्नीलाई पिटी पुरुषत्व देखाउने्र स्वास्नीमाथि हात हाली पिट्नु, लछार्नु(पछार्नु त मानौँ उसको पुर्ख्यौली अधिकार हो ।

३.खोपे (शो केश)पति

पत्नीलाई सजिएर केवल आफ्नो घरको खोपामा वा शो केशमा मात्र बसिरहोस् भन्ने, घरबाट छिसिक्क कतै बाहिर निस्कन त के, झ्यालबाट यसो बाहिर चियाउन पनि नदिने्र उसलाई कतै जाने पर्ने भयो भने पनि आफू चाँडै घर आई आफ्नो निगरानीमा त्यहाँ पुर्यािई दिने ।
आफू बाहेक पत्नीले अरु कोही लोग्नेमान्छेलाई आँखा उठाएर नेहेरोस् भन्ने्र अरु कोही लोग्नेमान्छेसँग यसो बोलेको देख्यो कि त ऊ त्योसँग सल्की भनेर आरोप लगाउने ।

४. पुरुषार्थ पति

घरकी पत्नीबाहेक बाहिर अरु जति धेरै केटीहरुसँग सम्बन्ध राख्न सक्यो, उति आफूले पुरुषार्थ देखाएको ठान्ने्र ऐनामा आफ्नो अनुहारको चाउरी नदेख्ने तर बाहिरका केटीहरुको यौवन देख्ने ।

५. वाकवाक पति

आफूले पत्नीलाई जति तथानाम गाली गरे पनि पत्नीले चाहीँ चुपचाप टाउको निहुराएर एक शब्द नबोली सुनिरहोस् भन्ने इच्छा गर्ने्र जति आफूले पत्नीलाई धेरै गाली गर्योो, उति नै आफ्नो वाककला राम्रो भएको ठानी गर्व गर्ने ।

६. पानीमरुवा पति

घरमा (प्रायजसो संयुक्त परिवारमा) आमा, दिदीबहिनीहरुले बिना कारण वा सानो कारणले आफ्नी पत्नीलाई पिटे पनि, गाली गरे पनि, मार्ने आए पनि आफू चाहीँ थरथर काम्दै कोठाको एक कुनामा गई थचक्क बसी टाउको घुँडामा लुकाउने ।

७. विलासी पति

पत्नी भनेको केवल आफूले चाहेको बेलामा आफुसँग ओछ्यानमा समय बिताउने र छोराछोरी जन्माउने मात्र हो भन्ने ठान्ने । सोच्छ कि पत्नी त केवल उसको व्यक्तिगत आवश्यकता पूरा गर्न मात्र बनेको हो ।

८.अलौकिक पति

यो लोकमा पाउन अति दुर्लभ तर कतै कतै पाई हाल्न पनि सकिने्र पाउन दुर्लभ किनभने प्राय जसो अरु भन्दा धेरै फरक खाले्र अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने, सबै भन्दा ठूलो कुराः पति र पत्नी भनेको जीवनरुपी रथका दुइ पांग्रा हुन् र जीवन सफल पार्नका लागि हामी दुवैलाई समान रुपमा एक अर्काको आवश्यक छ भनेर बुझ्ने खालको पतिलाई अलौकिक भनिन्छ ! यस्ता पतिहरु कहिकतै झुक्केर मात्र पाइन्छन !

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..