कोरोनाभाइरस भारतमा तीव्र गतिमा संक्रमित: संक्रमित हुनेको सङ्ख्या २८ पुग्यो

कोरोनाभाइरस भारतमा तीव्र गतिमा संक्रमित:  संक्रमित हुनेको सङ्ख्या २८ पुग्यो 1

नयाँ दिल्ली । इटालीयन नागारिक १५ जनासहित भारतमा क्रोनो भाइरसको संख्या २८ पुगेको छ । कोही भारतीय हस्पिटल र विदेशी नागरिकलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा संक्रमित (स्वस्थ भइसकेको) जनाएको छ भने १ जना दिल्लीमा उपचाररत छन् त्यस्तै ६ जना आगरा हस्पिटलमा उपचार गराइरहेका छन्, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर सबै उपचाररत रहेका छन् ।

कोरोनभाइरसको संक्रमितको सङ्ख्या तीव्र गतिमा बढेपछि भारतले चीन, इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ । विशेष सर्तकता अपनाउन केन्द्र सरकार र प्रदेश सरकारले आह्वान गरिरहेका छन् ।

कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदी लगयात मन्त्रीहरुले होलीको कार्यक्रममा सहभागी नहुने, होलीमा विशेष सर्तकता अपनाउन आग्रह गरेका छन् ।

loading...
Loading...

Leave a Reply

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: