थाहा पाइराख्नुस्, मानिसको मृत्युअघि यस्ता चार संकेत देखिन्छन्

जो जन्मियो, त्यसको मृत्यु पनि निश्चित छ। यो सत्य कसैले पनि परिवर्त गर्न सक्दैन । तर कहिले हामी मर्छौ, यसका केही पूर्व संकेतहरु पनि देखिन्छ ।

लोक मान्यताअनुसार यमलोकका दूतले हरेक मानिसलाई उसको मृत्युअघि यमराजले विभिन्न चार संकेत पठाउने गर्दछन् । त्यसैबाट बुझ्न सकिन्छ कि अब उसको अन्तिम समय आउनेवाला छ।

एउटा प्रचलिन कथाअनुसार यमराजले आफ्नो एक जना भक्त अमृतलाई बचन दिएका थिए कि उनले हरेक व्यक्तिलाई मृत्युअघि नै चार संकेतको माध्यमबाट सूचना पठाउने छन् । ताकि मानिसलाई थाहा होस कि उसको मृत्यु कहिले हुनेछ र यसबीच उसले आफ्नो सबै अधुरा काम पूरा गर्न सकोस् ।

यस्तो छ यमराज र भक्त अमृतको कथा

एउटा समयको कुरा हो, यमूना नदी किनारमा अमृत नामको व्यक्ति थिए । उनी यम देवताको हरेक दिनराज पूजा गर्दथे । किनभने उनलाई अक्सर आफ्नो मृत्युको भय रहने गर्दथ्यो । यमराज अमृतको तपस्याबाट प्रभावित भए र अमृतका सामु प्रकट भएर बरदान माग्न भने।

अमृतले यमराजसँग अमरताको बरदान मागे । जुन सुनेर यमराजले उनलाई सम्झाए कि जसले यो धरतीमा जन्म लिएको छ, उसको मृत्यु निश्चित छ। कुनै पनि मानिस मृत्युदेखि बच्न सक्दैन । यमराजको कुरा सुनेर अमृतले यमराजसँग भने –यदि मृत्युलाई रोक्न सकिन्न भने जब मेरो मृत्युको समय नजिक आउँछ, त्यो मलाई थाहा होस, ताकि म परिवारका लागि केही व्यवस्था गर्न सकूँ ।

यसपछि यमराजले अमृतलाई मृत्युको पूर्व सूचना दिने बरदान दिए । यमले यसको बदलामा अमृतसँग भने–तिमी पनि कसम खाउ कि जसै तिमीलाई मृत्युको संकेत प्राप्त हुनेछ, तिमीले पनि यो संसारबाट विदा लिने तयारी सुरु गर्ने छौ।

यसो भनेपछि यमराज अदृष्य भए । यसरी नै वर्षहरु बित्दै गयो र अमृतले यमको बरदानबाट विश्वस्त हुँदै सबै साधना छोडेर विलासितापूर्व जीवन बाँच्न सुरु गरे । अब उनलाई मृत्युको कुनै चिन्ता हुँदैन थियो, विस्तारै विस्तारै उनको कपाल फूल्न थाल्यो ।

केही वर्षपछि सबै दाँत झरे, फेरि उनको आँखा देख्ने क्षमता कमजोर भयो । त्यति गर्दा पनि उनलाई यमराजबाट कुनै संकेत प्राप्त भएन । यसरी नै केही वर्ष अरु बिते, अब उनी ओछ्यानबाट उठ्न पनि नसक्ने भए । उनको शरीर निकै कमजोर स्थितिमा पुग्यो । तर, उनले मनमनै यमराजलाई मृत्युको कुनै संकेत नपठाएकोमा धन्यवाद दिए।

एक दिन अमृत आश्चर्यमा परे, जब उनले आफ्ना सामु यमदूतहरुलाई देखे । यमदूतले उनलाई यमराजकोमा लगे । तब अमृतले यमराजसँग भने–तपाईले त मृत्युभन्दा पहिला कुनै पनि संकेत दिनु भएन ।

तब यमराजले विनम्रतापूर्वक उत्तर दिए–मैले त तिमीलाई चार वटा सन्देश पठाएको थिएँ । तर तिमीलाई तिम्रो लिप्सा र विलासितापूर्ण जीवनशैलीले तिमीलाई अन्धो बनाएको थियो । जब तिम्रो कपाल फूल्यो, त्यो पहिलो सन्देश थियो । जब तिम्रो दाँत झरे त्यो मेरो दोस्रो संकेत थियो । तेस्रो सन्देश जब तिमीले दृष्टि क्षमता गुमायौ र चौथो सन्देश थियो जब तिम्रो शरीरका सबै अंगले काम गर्न बन्द गरे । तर तिमीले यसमध्ये कुनै पनि सन्देश बुझ्न सकेनौ ।

यसरी नै यमराजले हरेक व्यक्तिलाई उसको मृत्युअघि यी चार संकेत अवश्य पठाउने गर्दछन्ः

पहिलो संकेतः कपाल फूल्दै जानु

दोस्रो संकेतः दाँत झर्दै जानु ।

तेस्रो संकेतः आँखाको हेर्ने क्षमता कमजोर हुँदै जानु ।

चौथो संकेतः कुप्रो पर्दै जानु वा शरीरका अंगहरुले ठिकसँग काम गर्न बन्द गर्दै जानु ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..