चीन–अमेरिका ट्रेड वारः अमेरिकाविरुद्ध चीनको यस्तो जवाफी कारबाही

पहिला अमेरिकाले स्टिल र एल्यूमिनियममाथि आयात शुल्क बढायो र अब चीनले जवाफी कारबाही स्वरुप पोर्क र वाइनजस्ता १२८ बढी उत्पादनको आयातमा शुल्क बढाएको छ। अब यी उत्पादनहरुमा १५ देखि २५ प्रतिशतसम्म शुल्क बढ्नेछ।

बेइजिङबाट जारी एउटा वक्तव्यमा भनिएको छ कि यो कदम अमेरिकाद्वारा बढाइएको आयात शुल्कबाट हुने हानीलाई ध्यानमा राख्दै चीनलाई लाभ र सन्तुलनका लागि गरिएको हो ।

चीनले यसअघि आफै ट्रेड वारको पक्षमा नरहेको बताएको थियो । तर यदि आफ्नो अर्थव्यवस्थालाई हानी पुगे आफू चप लागेर नबस्ने चेतावनी पनि दिएको थियो ।

बीबीसीका क्रिस बकरले आफ्नो रिपोर्टमा लेखेका थिए कि अमेरिकी अधिकारीहरुले निकैअघिदेखि चिनिया आयातमा करिब दश करोड डलर ट्याक्स बढाउने घोषणा गरेका थिए ।

अमेरिकाका अनुसार यसको यो कदम चीनमा गलत तरिकाबाट व्यापार गरेको प्रतिक्रियाको फलस्वरुप हो । किनभने यसबाट अमेरिकी कम्पनीहरुमा असर परेको छ। यद्यपि अमेरिकाले यो कुराको आशंका पनि प्रकट गरेको थियो कि आगामी दिनमा चीन पनि चुप लागेर बस्ने छैन्, जस्तालाई तस्तै जावाफ दिनेछ ।

कुनकुन वस्तुमा पर्नेछ असर ?

एल्युमिनियम स्क्रैप र फ्रोजन पोर्कमा सबैभन्दा बढी २५ प्रतिशत आयात शुल्क बढेको छ। यसका साथै धेरै अमेरिकी खाद्य पदार्थ जस्तै नट्स, ताजा र सुख्खा फलफुल, वाइनमा १५ प्रतिशतसम्म आयात शुल्क बढाइएको छ। रोल स्टीलमा पनि १५ प्रतिशत आयात शुल्क बढेको छ।

अब यो किन भइरहेछ ?

चीनका अनुसार यो नयाँ आयात शुल्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एल्युमिनियम र स्टीलको आयातमा बढाएको शुल्कको जवाफी कारबाही हो ।

२२ मार्चमा अमेरिकाले भनेको थियो कि उ चीनमा ६० करोड डलरको आयात शुल्क लगाउने योजना बनाइरहेको थियो। बौद्धिक सम्पदा चोरी गरेको आरोप लगाउँदै अमेरिकाले देशमा चिनियाँ लगानीलाई पनि सीमित गर्ने कुरा गरेको थियो । अब चीनको यो प्रतिक्रियाले सबै कुरा स्पष्ट भएको छ।

बढाइएको शुल्कको आधारमा चीनले अमेरिका टेक कम्पनी जस्तै एपलमा शुल्क लगाउन सक्छ । यस्तोमा अमेरिकी टेक कम्पनीहरु पनि आफ्नो उत्पादनको मूल्य बढाउनका लागि बाध्य हुनेछन् । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..