मिस वर्ल्ड २०१९ टोनी सिंह नेपालमा

मिस वर्ल्ड २०१९ टोनी सिंह नेपालमा 1

काठमाण्डौ । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि नेपाल आइपुगेकी छिन्।

बिहीबार मिस नेपाल (२०१९ ) अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन्।

हिडन ट्रेजरले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ।
मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो।

उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने छिन् भने उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्।

यो भ्रमणमा मिस वर्ल्ड प्रतियोगीता नेपालमा आयोजना गर्ने सम्भावनाहरू पनि अध्ययन हुने छन् भन्ने अपेक्षा गरीएको छ ।
आयोजक हिडन ट्रेजरले जनाए अनुसार उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी छन् ।

Loading...
Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..